चाबहिलमा च्छोरोल्पा ज्वेलर्सको शाखा
काठमाडौं : च्छोरोल्पा गोल्ड एन्ड सिल्भर ज्वेलर्सको शाखा काठमाडौंको चाबहिलमा खुलेको छ । दोलखा चरिकोटस्थित च्छारोल्पा ज्वेलर्सले पाँच करोड लगानीमा आफ्नो पहिलो शाखा चाबहिलमा स्थापना गरेको हो ।
दोलखाका सांसदहरू पशुपति चौलागाईं, पार्वत गुरुङ र नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष द्वारिका शंकरले सोमबार संयुक्त रूपमा उक्त ज्वेलर्सको उद्घाटन गरे । उक्त अवसरमा सांसद चौलागाईंले चरिकोटमा प्राप्त गरेको विश्वासलाई कायम राख्दै स्तरीय र शुद्ध गरगहना बिक्री गर्न च्छोरोल्पा ज्वेलर्सलाई सुझाव दिए ।
चाबहिल चोकबाट गणेशस्थान जाने बाटेमा रहेको ज्वेलर्समा सुनचाँदीका गुणस्तरीय गरगहना उपलब्ध रहेको सञ्चालक घनश्याम रिजालले बताए । ‘यहाँ आधुनिक, परम्परागत र चलनचल्तीका गरगहना पाइन्छन्', उनले भने, ‘शाखा विस्तारको अवसरमा निश्चित समयका लागि ज्यालामा विशेष छुटको व्यवस्थासमेत गरिएको छ ।'
सञ्चालक रिजाल संघको उपाध्यक्षसमेत हुन् । हाल च्छोरोल्पामा कालिगढ र बिक्रेतासमेतले गरेर १५ जनाभन्दा बढीले रोजगारी पाइरहेको उनले जानकारी दिए।