भारतीय नागरिकको प्रदर्शनले जोगबनी नाका बन्द

भारतीय नागरिकको प्रदर्शनले जोगबनी नाका बन्द

विराटनगर : नेपाल–भारत सीमा क्षेत्र जोगबनी नजिकै बाढीमा परेर आफ्न्त गुमाएका भारतीय नागरिकले राहत र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गर्दा जोगबनी नाका केही बेर अवरुद्ध भएको छ । जोगबनी नाकामा डुबेर मृत्यु भएका पीडितलाई बिहार सरकारले सहयोग नगरेको भन्दै तीन सय भन्दाबढी भारतीय नागरिकले जोगबनी नाकाको भारततर्फ प्रदर्शन गर्दा नाका अबरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्तोष निरौला अनुसार बिहार सरकारले राहत नदिएको भन्दै टायर बालेर भारतीय नागरिकले भारतीय क्षेत्रको सडकमा प्रदर्शन गर्दा आधा घन्टा नाका अवरुद्ध भएको हो ।

‘केहीबेर अवरुद्ध भएको नाका अहिले सामान्य अवस्थामा छ’, निरौलाले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.