बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित

बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित

नयाँ दिल्ली: भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ। साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन्।

गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ। बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ। ती क्षेत्रमा अहिले पनि वर्षाको क्रम जारी रहेको छ। जसका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ।

बाढीका कारण लाखौँलाख नागरिक विस्थापित भएर सरकारले व्यवस्था गरेका शिविरमा बास बसिरहेका छन्। त्यस्तै हजारौँ जना घरबारबिहीन बन्न पुगेका छन्।  बिहारका १२ जिल्लालाई बाढीले बढी मात्रामा प्रभावित पारेको छ। सरकारले उद्वारकार्यलाई तिब्रता दिएको जनाएको छ।

बाढीबाट प्रभावित भएकालाई शिविर बनाएर राखिएको छ। सो शिविरमा कैयौँ नागरिक बसिरहेका छन्। केही हराएका छन् । बाढीमा परेर हराएकाको खोजीकार्य जारी छ। प्रभावित क्षेत्रमा ३५० शिविर निर्माण गरिएका छन्। ती शिविरमा हजारौँ नागरिक बसिरहेका बताइएको छ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले उद्वार र राहात वितरणका लागि दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। बिहारमा मङ्गलबारसम्म बर्षा नरोकिएकोले पानीको सतह घटेको छैन। यसका कारण उद्वारको काम पनि कठिन भइरहेको बिहारका प्रवक्ताले जानकारी दिएका छन्। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.