विराटनगर विमानस्थल सञ्‍चालनमा आउन तीन दिन लाग्‍ने

विराटनगर विमानस्थल सञ्‍चालनमा आउन तीन दिन लाग्‍ने

विराटनगर: एक हप्ताअघिदेखि अवरुद्ध भएको विराटनगर विमानस्थल खुल्न अझै तीन दिन लाग्ने भएको छ। नहरको बाढी बाँध फुटाएर विमानस्थलको धावनमार्गमा छिरे पछि २ फिट सम माटोको लेदो जमेको थियो।

त्यसलाई हटाउने अझै केहि दिन लाग्ने विमानस्थलका प्रवक्ता सन्तोष ढकालले जानकारी दिए। ‘शुक्रवार नै सँचालनमा ल्याउने तयारीमा जुटेका थियौँ' ढकालले भने, 'आज सम्म ४० प्रतशत मात्र काम सक्यौँ, हामीलाई अझै तीन दिन समय लाग्छ।'

धावनमार्गका लेदो हटाउन नेपाली सेनाको १ सय ५० जनाको फोज, विमानस्थलका कर्मचारी तथा विभिन्न एयरलायन्सका अधिकारीहरु मेहेनत गरिरहेका छन्। बाढीले धावनमार्ग सहित विमानस्थलको मुख्य भवनमा पानी छिरेर एयरलायन्सका काउन्टरमा क्षती पुगेको थियो।

भवन भित्रै २ फिट सम्म माटो जमेका कारण त्यसलाई हटाएर सामान्य अवस्थामा फर्काउन शनिवार सम्म कुर्नुपर्ने विमानस्थलले जनाएको हो।

हवाइ सेवा बन्द हुँदा विराटनगर विमानस्थलबाट काठमाण्डौ लगाएत पुर्वी पहाडि क्षेत्रमा आवत जावत गर्ने हजारौँ यात्रु प्रभावित बनेका छन्। विमानस्थलबाट ४ ओटा हवाइ सेवा प्रदायक कम्पनीका दैनिक १५ वटा सम्म उडान हुने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.