मन्त्रीको काँधमा राहतको चामल

मन्त्रीको काँधमा राहतको चामल

बर्दियाः पशुपंक्षी मन्त्री सन्तकुमार थारुले बाह्रबर्दिया नगरपालिकाका बाढीपिडितको लागि प्रारम्भिक राहतको चामल बोकेका छन्।

जिल्ला दैवी प्रकोप उद्धार समिबति बर्दियाले माग गरेअनुसार आपूर्ति मन्त्रालयबाट प्राप्त प्रारम्भिक राहतको चामल खाद्य संस्थान राजापुर बर्दियाबाट होलिकोप्टर मार्फत् लैजाने क्रममा मंगलबार मन्त्री थारुले चामलका बोरा बोकेका हुन्।

मन्त्री थारुले भने, ‘हामीले दैवीप्रकोप उद्धार समितिमार्फत् निर्णय गरी ६ सय क्विन्टल चामल बर्दियाका बाढीपिडितलाई प्रारम्भिक राहत स्वरुप माग गरेका थियौँ। जसमध्ये २ सय २ क्विन्टर बाह्रबर्दिया र २ सय ५ क्विन्टल गुलरिया नगरपालिकाका बाढीपिडितलाई राहत उपलब्ध हुन्छ।’

मन्त्री थारुका अनुसार बाँकी चामल ठाकुरबाबा, मधुवन लगायतका स्थानहरुमा ट्रकमार्फत् पठाउने व्यवस्था भएको छ। मन्त्री तीन दिनदेखि बर्दियामा बसेर उद्धार र राहत कार्यमा सक्रिय भएका छन्।

‘हामी बर्दियाबाट तीनजना मन्त्री भएकाले पनि कुनै कुराको कमी हुन दिदैनौँ’, मन्त्री थारुले भने।

बर्दियाबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सिंचाईमन्त्री संजय गौतम र भूमिसुधार मन्त्री गोपाल दहित बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.