कमलु सदाका घरमा पुगे उपराष्ट्रपतिका छोरा दिपेश

कमलु सदाका घरमा पुगे उपराष्ट्रपतिका छोरा दिपेश

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दिपेश पुन बाढीका कारण बिरामी भएर उपचार अभावमा ज्यान गुमाएका सप्तरी तिलाठीको कोइलाडी गाउँपालिका ४ का बालक कमलु सदाको घरमा पुगेका छन्। बाढीका कारण अन्तिम संस्कारका निम्ति खुला जमिन नभएकाले सदाको परिवारले कमलुलाई सप्तकोशीमा बगाइदिएको थियो।

यसरी खोलामा बगाएर अन्तिम संस्कार गरेको तस्बिरको चर्चा बढीरहेका बेला उपराष्ट्रपतिका छोरा दिपेश राहत सामाग्री बोकेर उनको घरमा पुगेका हुन्।

दिपेशले सदाको परिवारलाई काजकिरिया खर्चका निम्ति २० हजार सहयोग रकम हस्तान्तरण गरेका छन्। उनले गरिब मुसहर बस्तीमा राहत वितरण समेत गरेका छन्। उनले अहिलेसम्म मुसहर बस्तीमा सरकारले राहत पुर्याउन नसकेको भन्दै आक्रोश व्यक्त गरे।

सदा परिवारलाई नगद र राहत सामाग्री वितरण गरेपछि भावुक तस्बिरहरु सार्वजनिक गर्दै दिपेशले सरकारलाई प्रभावकारी रुपमा राहत वितरण गर्न आग्रह गरेका हुन्। सरकारले मात्र राहत वितरण गर्न पाउने निर्णय गरेकोप्रति आक्रोश व्यक्त गर्दै दिपेशले भनेका छन्, ‘सरकार कि प्रभावकारी रुपमा राहत वितरण गर, होइन भने वितरण गर्न खोज्नेलाई वितरण गर्न प्रोत्साहन गर।’

सदाको परिवारसँगको भेटपछि भावुक हुँदै दिपेशले फेसबुकमा लेखेका छन्, ‘प्रिय कमलु...तिमी यो बाढीसंगसंगै कोसी नदी हुँदै हामीबाट धेरै टाढा पुगिसकेका छौँ। मेरो तिमीलाई भेट्ने चाहना पुरा हुन सकेन। म तिम्रो मृत्युको तस्बिर देखेपछि रातदिन तिम्रै बारेमा सोचमग्न छु। उदवार, राहत वितरणको यात्रा गर्दै जाँदा आज तिम्रो घर र वस्ती पुग्दा मेरो हृदय छियाछिया भएको छ। तिमीले तिम्रो परिवार मात्र होइन सिगो देशलाई रुवाएर गएका छौं।आज तिमीलाई संझिएर तिम्रो दाइ मेरो अगालोमा रुदै गर्दा मलाई संहाल्न आफैलाई धेरै गाह्रो भयो।मैले तिमीलाई भेट्न नसके पनि तिम्रा बुबाआमा, दाइ र अन्य बस्तीमा सबैलाई भेटेको छु। कमलु तिमीप्रति अन्तिम श्रदाञ्जली।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.