राहत बाड्न हिलो मैदानमा सुटबुटमै पुगे प्रचण्ड

राहत बाड्न हिलो मैदानमा सुटबुटमै पुगे प्रचण्ड

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरीका ३०० भन्दा बढी बाढीपीडित घर परिवारलाई राहत वितरण गरेका छन्। बुधबार दिउँसो गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डललाई लिएर सप्तरी पुगेका अध्यक्ष प्रचण्डले सप्तरीको हनुमान नगरको इनरुवास्थित मुसहरीटोलका एक सय भन्दा बढी बाढीपीडितलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नुन लगायतका खाद्यान्न सामग्री वितरण गरेका छन्।

त्यसरी नै अध्यक्ष प्रचण्डले राजविराज नगरपालिका-१५ का दुईभन्दा बढीपीडित परिवारलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नुन लगायतका राहत सामग्री वितरण गरेका छन् ।

‘तपाईहरुको दुःखमा साथ दिन म आएको हुँ । सरकार र पार्टीको तर्फबाट बाढीपीडितलाई राहतको व्यवस्था गरिनेछ । मृतकका परिवारलाई लाख क्षतिपूर्ति र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा हाम्रो तर्फबाट पुरै कोशिस हुनेछ’, प्रचण्डले भने, ‘दुई वर्षअघि पहाडमा विनासकारी भूकम्प आयो, तपाईहरुले दिल खोलेर सहयोग गर्नुभयो । अहिले मधेसमा बिपत्ति आएको छ, पहाड पनि त्यसरी नै तपाईहरुलाई दिल खोलेर सहयोग गरिरहेको छ । यसले हामी नेपालीमा आत्मीयता बढाएको छ, हाम्रो एकता बलियो भएको छ ।’

बुधबार नै अध्यक्ष प्रचण्डले सर्लाही जिल्लाको खैरहवा क्षेत्रमा बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले जनताको दुखमा साथ दिन आफू बाढी प्रभावित क्षेत्रमा आएको र आफ्नो पार्टीका सबै मन्त्री र नेताहरुलाई उद्दार र राहतमा खटाएको बताए।

राहत वितरण तथा निरीक्षणमा बोल्दै गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले उद्दार र राहतलाई प्रभावकारी बनाउन गृह मन्त्रालय जिम्मेवार भएर लागेको र बाढीपीडित जनतालाई राहत दिन स्थानीय प्रशासन खटिरहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.