ट्रम्पलाई तालिबानको चिठी

ट्रम्पलाई तालिबानको चिठी

काबुल  : अफगानिस्तानमा सशस्त्र युद्ध गर्दै आएको तालिबान विद्रोहीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुला पत्र लेखेर अफगानिस्तानमा कार्यरत सैनिकलाई फिर्ता बोलाउन माग गरेको छ । पत्रमा अफगानिस्तानमा १६ वर्षदेखि चलिरहेको युद्ध बन्द गर्न अमेरिकी सैनिक तत्काल फिर्ता हुनुपर्ने जिकिर गरिएको छ।

तालिबानका प्रवक्ता जबिहुल्ला मुजाहिदले उक्त पत्र सञ्चारकर्मीहरूलाई पनि उपलब्ध गराएका थिए । ट्रम्पले अफगानिस्तानमा अमेरिकी रणनीति सुधार गर्ने भनी दिएको वचनप्रति स्मरण गराउँदै उनले यस्तो माग गरेका हुन् । ट्रम्पले अफगानिस्तानमा अमेरिकी नीतिको समीक्षा गर्नुपर्ने बताएका थिए । आफ्ना पूर्ववर्तीहरूले गलत नीति अपनाएका कारण विभिन्न ठाउँमा अमेरिकालाई बेफाइदा पुगेको उनको दाबी थियो ।

मुजाहिदले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान नीतिमा अमेरिकी सेनालाई हावी हुन दिनु हुँदैन ।' उनले अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक बोलाउनु जरुरी भएकोमा जोड दिए । अमेरिकी प्रशासनको योजनाबमोजिम अफगानिस्तानमा थप सैनिक पठाउने कुरा विचार गर्नु आवश्यक नभएको उनको तर्क थियो ।

१ हजार ६ सय शब्दमा लेखिएको पत्रमा अमेरिकी सैनिकलाई फिर्ता बोलाउनु एक प्रकारले अमेरिका आफूलाई नोक्सान हुने कुराबाट बच्नु भएको चर्चा गरिएको छ । यसबाट कसैको पनि रुचिकर नभएको युद्धको अन्त्य हुने उनको दाबी छ । अफगानिस्तानमा हाल अमेरिकाका ८ हजार ४ सय सैनिक तैनाथ छन् । हालै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादसँग लड्न भन्दै ४ हजार सैनिक अफगानिस्तान पठाउने माग गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले थप सैनिक पठाउन नहुने बताउँदै आएका छन् । पेन्टागनले क्षेत्रीय स्थिरता र सीमा सुरक्षाका लागि काबुलमा अमेरिकी सैनिक पठाउनुपर्नेमा जोड दिँदै आएको छ । अफगानिस्तान सरकारले आफ्नै क्षमतामा तालिबान र इस्लामिक स्टेटमाथि विजयी पाउन नसकेको भन्दै अमेरिकी सेना थप्नुपर्ने माग उठेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.