युवासंघको नवौँ महाधिवेशन काठमाडौँमा हुने

युवासंघको नवौँ महाधिवेशन काठमाडौँमा हुने

काठमाडौँ : युवासंघ नेपालको नवौँं महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूल नाराका साथ हुने उक्त महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छनोट गर्नेछ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजीव पहारीले मुलुकको प्रादेशिक संरचनाअनुसार संगठनलाई सुदृढ गरिने बताउँदै त्यसका लागि विधान संशोधन गरी परिमार्जनसहित अनुमोदन महाधिवेशनमा गरिने जानकारी दिए।

राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा हुने जानकारी दिँदै उहाँले विभिन्न २५ मुलुकबाट अतिथि आमन्त्रण गरिने बताए । महाधिवेशनमा अध्यक्षले राजनीतिक, महासचिवले साङ्गठनिक तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ ।

संगठनले आगामी भदौ २ गतेदेखि ९ गतेसम्म प्राकृतिक प्रकोप तथा बाढीपहिरो प्रभावित जिल्लामा स्थानीय प्रशासनसँग आवश्यक समन्वय र सहकार्य गरी पीडितलाई सहयोग तथा राहत वितरण गर्ने जानकारी गराइएको छ ।

विगत केही दिनयता आएको वर्षाका कारण बाढीपहिरो र डुबान भई देशभर हालसम्म १२२ नागरिकको मृत्यु भएको जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.