एनएमबीको शाखा विस्तार
भोजपुर : नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त संस्था एनएमबी बंैकको ९२औं शाखा भोजपुरमा स्थापना भएको छ ।
भोजपुर नगरपालिका ७, बैंकरोडस्थित चारतले आरसीसी भवनमा कार्यालय स्थापना गरिएको छ । बैंकले ग्रामीण क्षेत्रमा रहेका वित्तीय प्रणाली सुदृढ बनाएर अगाडि लैजाने बैंक म्यानेजर योगेन्द्र श्रेष्ठले जानकारी दिए । ग्रामीण क्षेत्रका उत्पादनशील क्षेत्रमा लगानी बढाउने र बैंकबाट दिइने कर्जामा विशेष सहुलियत प्रदान गरिने उनले जानकारी दिए ।