पशुपति पेन्ट्सको रंगोत्सव रिटन्र्स योजना
काठमाडौं : पशुपति पेन्ट्सले ‘महा पर्वको रंगोेत्सव रिटन्र्स' योजना घोषणा गरेको छ । कम्पनीले नजिकिँदै गरेको दसैंतिहारलाई लक्ष्य गरी उक्त योजना सार्वजनिक गरेको हो । योजना बिहीबारबाट सुरु भएर कात्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।
योजनामा सहभागी हुन उपभोक्ताले कम्तीमा ५० हजार रुपैयाँबराबरको पशुपति पेन्ट्सका उत्पादन खरिद गर्नुपर्नेछ । कम्पनीका अनुसार योजनामा सहभागी उपभोक्तालाई एक थान लक्की ड्र कुपन उपलब्ध गराइनेछ । यसरी संकलित लक्की ड्र कुपनमध्येबाट गोलाप्रथाद्वारा विजेता छनोट गरी विभिन्न उपहार उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।
लक्की ड्र कुपनमार्फत भाग्यशाली विजेता एकजनाले बम्पर पुरस्कारस्वरूप बजाज पल्सर एनएस २०० जित्न सक्नेछन् । त्यसैगरी योजनाको प्रथम पुरस्कारको रूपमा एक थान सुजुकी लेट्स स्कुटर एक जनालाई, दोस्रो पुरस्कारका रूपमा स्मार्टफोन चार जनालाई, तेस्रो पुरस्कार आईप्याड चार जनालाई, चौथौं पुरस्कार आई थ्री ल्यापटप चारजनालाई, पाँचौं पुरस्कार ट्याब्लेट चार जनालाई, छैठौं पुरस्कार पाँच ग्राम सुन आठ जनालाई र सातौं पुरस्कार एक सय ग्राम चाँदी १६ जनालाई प्रदान गरिने कम्पनीले जनाएको छ ।