बाढी-पहिरोले मुहान बगाउँदा खानेपानीको हाहाकार

बाढी-पहिरोले मुहान बगाउँदा खानेपानीको हाहाकार

तुलसीपुर: बाढी र पहिरोले पानीका मुहान तथा पाइपहरुमा क्षति पुर्‍याए पछि दाङका वाढी प्रभावित क्षेत्रहरुमा खानेपानीको हाहाकार हुन थालेको छ।

विभिन्न स्थानको नदी तथा खोलाले खानेपानीको मुहान क्षेत्र र पाइप बगाउदा पानीका स्रोत पुरिएर शहर तथा गाउँमा खानेपानीको समस्या देखिएको हो।

विगत ६ दिनदेखि बाढी प्रभावित क्षेत्र तथा ती क्षेत्रबाट सञ्चालन भएका पानीका मुहानहरु बन्द अवस्थामा रहेका छन भने मुहानबाट इन्टेक सम्म आउने पाइपलाईन समेत विभिन्न स्थानमा बाढी तथा पहिरोले क्षति पुर्‍याएको छ।

पाइप लाईमा पुगेका क्षेत्री र मुहान बगाउँदा पानीको समस्या बढेको जिल्लाका खानेपानी कार्यालय ले वताएको छ। बाढीका कारण तुलसीपुर उपमहानगरपालिकाको तुलसीपुर बजार लगायतका क्षेत्रमा छ दिन देखि खानेपानी आपुर्ती हुन सकेको छैन छन।

दिन देखि धाराहरुमा पानी समेत नआएको उपभोक्राहरुले वताएका छन। बाढी प्रभावित क्षेत्रहरु तुलसीपुर अम्वापुर, फुलवारी, मोतीपुर, अमिलिया, अमृतपुर, उरहरी अस्वारा, बालापुर खानेपानी समितिबाट सञ्चालन भएका पाइप लाइनहरुमा बाढीले ठूलो क्षति पुर्‍याउदा खानेपानीको समस्या भएको खानेपानी संस्थाहरुले वताएका छन।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पनि जिल्लामा खानेपानीको समस्या भएको बताएको छ। बढी समस्या वाढी प्रभावित क्षेत्रमा भएको भन्दै त्यसको व्यबस्था गरिरहेका र प्रभावित क्षेत्रमा निजी पानी कम्पनीको सहयोगमा जार र बोत्तलको खानेपानीको व्यवस्था गरेको तर समितिहरुले सञ्चालन गरेका उपभोक्तामा भने पानीको समस्या रहेको प्रमुख चोक प्रसाद धितालले बताए।

उनले खानेपानीको समस्या भएको भए पनि खानेपानीलाई बाढीले पुर्‍याएको वास्तविक क्षति संकलन हुन सकेको बताए। उनले पाइप लाइनका लागि पुन:निर्माणको लागि कार्यालयले पहल गरिरहेका बताए। प्रारम्भिक रुपमा २ करोड बढिको खानेपानीमा क्षेति पुगेको कार्यालयले बताएको छ।

तुलसीपुर उपमहानगर पालिका ८, ९ र ३ नै वडालाई सेवा क्षेत्र बनाएर सञ्चालनमा आएको अमृतपुर खानेपानी तथा सरसफाई सस्थामा वाढी र पहिरोको कारण २० लाख वढिको क्षेति भएको समितिका कोषाध्यक्ष भीमकान्त बस्यालले जानकारी दिए। दुई वटा मुहानमा बाढीले पूर्ण रुपमा क्षति गराएको र अहिले पानी सञ्चालनमा समस्या भएको उनले बताए।

झाक्रिढुङगा र गिढेपानीको मुहानमा बाढीले क्षति पुर्‍याएको र दुइवटा पाइपलाई पूर्ण रुपमा बगाएको बताए।तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मुलकोट, पातु लगायतका मुहानमा बाढी र पहिरोले क्षति पुर्‍याउदा केहि दिन धेरै उपभोक्ताको घरमा खानेपानी आपुर्ति बन्द रहेको अध्यक्ष खेमराज वलीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.