सेटिङमा सुन तस्करी, रसुवागढी नाकाबाट २० महिनामा ४३ किलो सुन बरामत

सेटिङमा सुन तस्करी,  रसुवागढी नाकाबाट २० महिनामा ४३ किलो सुन बरामत

नुवाकोट: रसुवागढी नाकाबाट २० महिनाको अवधिमा ४३ किलो सुन बरामद भएको छ। नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय नाकाका रूपमा बिस्तार भइरहेको रसुवागढीबाट एकपछि अर्को गर्दै पटक पटक सुन बरामद भइरहेको छ।

विसं.२०७२ मंसिर १ गते देखि यो नाका सञ्चालनमा आएपछि सुन तस्करहरूको सक्रियता बढेको प्रहरी स्रोतले बताएको छ। भूकम्पपछि तातोपानी नाका बन्द भएपछि तस्करहरूले चीनको केरुङ हुँदै रसुवा भित्राएर नुवाकोट हुंदै सुन काठमाडौ लैजाने गरेका छन्। गत वर्ष केरुङबाट रसुवागढी हुँदै काठमाडौं लैजाँदै गरेको १५ किलो सुन प्रहरीले गोंगबुमा बरामद गरेको थियो।

गत आइतबार ८ किलो सुन पासाङल्हामु मार्गको त्रिशूली-धुन्चे सडकखण्डको बीचमा रहेको विदुर नगरपालिका वडा नं. १० गेर्खुवाट नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको थियो। सुनसहित मोटरसाइकल र २ जना युवक पक्राउ परेका थिए।

पछिल्लो २ वर्षमा रसुवा प्रहरीले मात्रै २० किलो सुनसहित ८ जनालाई पक्राउ गरेको नायब उपरीक्षक फणिन्द्र प्रसाईले बताए। सुन ओसार्ने भरिया मात्र पक्राउ पर्ने गरेको प्रहरीको भनाई छ। बाहिरी जिल्लाबाट आएका भरिया सुन ओसार्नकै लागि रसुवामा बसाइसराई गरेको स्रोतको दाबी छ।

रसुवागढीवाट २७ किलोमिटर पश्चिममा रहेको केरुङ जान बाहिरी जिल्लाका बासिन्दालाई अनुमति नभएपछि यस्तो उपाय अपनाएको हुन सक्ने प्रहरीको ठम्याई छ। भरियाले फल्सबटम बनाई सुन ओसार्न साना गाडी र मोटरसाइकल प्रयोग गर्दै आएका छन्।

रसुवागढीबाट राजधानी फर्किदा बेत्रावतीसम्म मात्रै नेपाल प्रहरी, सशस्त्र र सेनाका गरी १२ वटा चेकपोस्ट पार गर्नुपर्छ। यी सबै चेकपोष्ट पार गरेर मोटरसाइकल नुवाकोटसम्म आइपुग्न सहज नभएको प्रहरीकै दावी छ। तस्करहरुले सेटिङ मिलाएर सुन सुरक्षित रुपमा राजधानी ल्याइरहेको सरोकारवाला दावी गर्छन्।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.