नहरका कारण डुवान भएको भन्दै सुस्ताबासी आक्रोशित, बाँध भत्काउने प्रयास
परासी: बाँधका कारण बस्ती जोखिममा परेको भन्दै सुस्ताबासीले पश्चिम गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका छन्। बाँधका कारण बस्ती डुवानमा परेपछि सुस्ताबासी आक्रोशित भएका हुन्।
उनीहरु कोदालो, बेल्चो बोकेर बाँध भत्काउन गएपनि स्थानीय प्रशासनको हस्तक्षेपले गरेको छ। स्थानीय प्रशासनले आक्रोशित भीडलाई सम्झाइ बुझाई गरेर परिस्थितिलाई साम्य बनाएको छ। अहिले प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भारतीय पक्षसंग बाँधका बारेमा छलफल भइरहेको छ।
केही दिन अघि बाढीका कारण सुस्ता क्षेत्र डुवानमा परेको र पानी निकाशका लागि भारतीय पक्षले कुनै सहयोग नगरेको भन्दै पीडितहरु आक्रोशित बनेका हुन्। बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो ।