“एन.आई.सि. एसिया बैंक लि.” को नयाँ निक्षेप योजना
“एन.आई.सि. एसिया बैंक लि.” ले “डबल डिपोजिट”नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको छ।
आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाइ सीमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानि गरिने बैंकले जनाएको छ।
न्यूनतम रु.१ लाख निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ बर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफूले सुरुमा जम्मा गरेको रकमको नियमानुसार संस्थागत निक्षेपको हकमा १५% तथा व्यक्तिगत निक्षेपको हकमा ५% का दरले व्याज आम्दानीको श्रोतमा करकट्टी गरे पश्चात बैंकले दोब्बर भुक्तानि दिने बैंकद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।
यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्ने बैंकले जनाएको छ।
आफ्ना ११९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिईरहेको यस बैंकले गत आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट २०% बोनस सेयर र १.०५% नगद लाभांस प्रदान गर्ने निर्णय समेत गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले विज्ञप्तिमार्फत जनाएका छन्।