फेसबुक अभियानमा तपाईको सहभागिता, बाढी पीडितको हीतमा प्रभावकारिता
काठमाडौ: अन्नपूर्ण मिडिया नेटवर्कले बाढी पीडितको सहयोगार्थ फेसबुकमा जागरण अभियान सञ्चालन गरेको छ । यो अभियानमा सहभागी हुँदा सम्बन्धित व्यक्तिको खर्च नलाग्ने तर एक जना सहभागी भएवापत १० रुपैया बाढी पीडितको सहयोगार्थ सरकारी राहत कोषमा पुग्नेछ । यो रकम अन्नपूर्ण मिडिया नेटवर्कले राहत कोषमा उपलब्ध गराउनेछ ।
‘दिल खोलेर सहयोग गरौ,भिजेका मनहरुमा मल्हम लगाऔ’ भन्ने मूलमन्त्रसहित अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चालन गरेको हो । ‘तपाई यो अभियानमा सहभागी भएवापत अन्नपूर्ण मिडिया नेटवर्कले १० रुपैया बाढी पीडितका लागि सरकारी राहत कोषमा उपलब्ध गराउनेछ’ अभियानमा घोषणा गरिएको छ ।
‘विपद्,जहाँ कही,जो सुकैलाई र जुनसुकै बेला आउन सक्छ।गाँस,बास र कपास गुमाएका अनि चिसो हिलो र धमिलोमा डुवेकाहरुलाई न्यानो र ओभानो चाहिएको छ।आफन्त गुमाएको पीडा र भोको पेटमा खुला आकाश मुनि चर्को घाम अनि चिसो रात विताइरहेका तपाई हाम्रा आमाबुबा, दिदीबहिनी तथा दाजुभाइका लागि तपाईको सानो सहयोग ठूलो हुन सक्छ’अभियानमा भनिएको छ ।