बाढीपीडितलाई मलम लगाउँदै युवाहरु
काठमाडौं : युवा विद्यार्थीको समूहले ‘आपतमा युवा अभियान' उद्देश्य राखेर औषधि तथा राहत संकलन गरी बाढीप्रभावित क्षेत्रमा पठाएका छन् । विभिन्न व्यक्तिको संयोजकत्वमा प्रभावित क्षेत्रमा राहत तथा औषधि पठाएका हुन् ।
विपिन रेग्मीको टिममार्फत रौतहट र सर्लाहीमा टिचिङ अस्पतालका डाक्टर कोसिस नेपालको टिम पुगेको छ । त्यस्तै डा राकेश दासको टिममार्फत महोत्तरीमा ससस्त्र प्रहरी बल एपिएफका बरिस्ठ मुटु रोग विशेषज्ञ डा रोशन कुमार झाको टिम सर्लाही पुगेको छ ।
त्यसैगरी लायन्स क्लब अफ काठ्मान्डौं, बुढिगन्डगीमा हरि मरहट्ठाको टिम मार्फत सर्लाही र महोत्तरीमा, युवाअभियानका अनोज कुमार कार्की को टिममार्फत मोरङ, सुनसरी र सप्तरी का प्रभावित क्षेत्रमा र सुरज थपलियाको टिम मार्फत पूर्वी चितवनमा औषधि तथा राहत पुर्याइएको छ।
बाढीबाट विस्थापितले सुत्ने म्याट, पानीको ओसिलो पनको कारण बढेको लामखुट्टे बाट बच्न झुल, नुहाउने साबुन , दन्त मन्जन, ब्रसका साथै पानी सुद्दिकरण गर्ने पियुष झोल माग गरेका छन् । त्यस्तै हिलो माटोको कारण खुट्टामा हिलोले खाने समस्याको लागी एन्टि फङ्गल मल्हम, बाढीमा हिड्दा खुट्टा ठोक्किएकोले एनाल्जेसिक मल्हम साथै झाडापखाला को औसधिकोको समेत बढी भएको र युवाहरुले राहत संकलन जारी राखेको अभियान्ता रमेश बिस्टले जानकारी दिए । नेपाल औषधि बिक्री प्रबन्धक सङ्घको सहयोगमा ठूलो मात्रामा औषधि संलकन गरिएको उनले बताए ।
बाढी प्रभावित क्षेत्रमा सोमबारदेखि मेडिकल टिम ले हेल्थ क्याम्प संचालन गरिरहेको छ। युवा समूहले तरार्इमा पानीको सतह धेरै माथी आएको र खाने पानीमा समस्या आउने भएकोले पानी सुद्दिकरण गर्ने क्लोरिन ट्याब्लेट र पियुष लाइ पहिलो प्रथामिकतामा राखेको थियो । तर औषधिको पनि माग भएपछि औषधिमा पनि प्राथमिकता दिइएको अभियान्ता बिस्टले जानकारी दिए ।
बाढी प्रभावितका लागि राहत, औषधि संकलनका लागि रमेश बिस्ट, जिनेन्द्र श्रेष्ठ साईमन, अनोज कार्की , आर के रोमश, ईश्वर आचार्य , हरि पङ्गेनी , विशाल न्यौपाने , प्रलाद पोखरेल लगायत ५५ जनाको टोली खटिएको छ ।