कुञ्जमा नन्दोत्सव 

कुञ्जमा नन्दोत्सव 

काठमाडौं : कृष्णजन्माष्टमीको अवसरमा जानकी जीवनकुञ्ज पशुपतिमा नन्दोत्सव मनाइएको छ । कृष्णको जन्म भइसकेपछि भोलिपल्ट नन्दको घरमा आएको खुसीयालीलाई सम्झँदै नन्दोत्सव मनाउने गरिन्छ ।

साउन र भदौ दुई महिनासम्म कृष्णझुला कार्यक्रम आयोजना भइरहेको कुञ्जमा देशैभरिबाट भक्तजन आउने गर्छन् । ७० वर्षभन्दा अघिदेखि कुञ्जमा कृष्णझुला कार्यक्रम आयोजना भइरहेको छ । वर्षा ऋतुभरि झुला मनाउने गरिन्छ । वर्षा ऋतुको प्रतीक हरियाली भएकाले भक्तहरूले हरियो वस्त्र, हरियै टीका लगाएर प्रकृतिसँग प्रेम साट्ने गर्छन् । कृष्णले दिएको सन्देशमध्ये एक प्रकृति प्रेम पनि हो ।

उनले गोवद्र्धनको पूजा गरेर प्रकृतिको पूजा गर्न सिकाए । प्रकृतिको उपभोगभन्दा पनि उपयोग गर्न सिकाएका थिए । कृष्ण राजनीतिज्ञ, किसान, द्रोही सबैको आफ्ना हुन् । कुञ्जका अध्यक्ष अजितप्रसाद गौतम कृष्णको अवतारलाई अनुकरणीयभन्दा पनि भजनीय ठान्छन् । कृष्णको लीलालाई लैंगिक सम्बन्धको विषयमा चर्चा गरिन्छ । गौतम यसलाई गलत व्याख्या भन्छन् ।

उनको व्याख्याअनुसार कृष्ण पूर्ण आनन्द हो, समष्टि हो, जीवात्मा भनेको वेष्टि हो, वेष्टिले सधंै समष्टि खोज्छ । त्यही मिलनलाई रासलीला हो । रमणीय वर्षा यामभरि आत्मिक अनुष्ठानमा बसेर झुल्ने र आनन्द लिने भक्तहरूकै भेटीबाट कार्यक्रम सञ्चालन हुन्छ । हरियो कपडाहरूले सजाइएको कुञ्जको हलभित्र झोलुंगोमा हरियो रिबन लगाएर कृष्णलाई झुलाउने गरिन्छ ।

साउन १४ गते सखी मण्डलले विशेष झुला आयोजना गरेको थियो । भदौ २४ गते सखा मण्डलले विशेष झुला आयोजना गर्छ । वर्षैपिच्छे भक्तहरूको चाप बढिरहेको जानकारी गौतमले दिए । नेपालभरि रहेका कुञ्जका शाखाहरूमा पनि कृष्णजन्माष्टमी विशेष रूपमा मनाइने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.