हुवावे पी १० वर्षकै उत्कृष्ट क्यामेरा फोन
काठमाडौं : हुवावे पी १० स्मार्टफोनले सन् २०१७/१८ को उत्कृष्ट क्यामेरा फोनको अवार्ड जितेको छ । हुवावे कन्ज्युमर बिजनेस ग्रुपको पछिल्लो फ्ल्यागसिप उत्पादनका रूपमा रहेको हुवावे पी १० स्मार्टफोनले युरोपियन इमेज एन्ड साउन्ड एसोसिएसन (ईआईएसए) बाट ‘ईआईएसए स्मार्टफोन क्यामेरा २०१७/१८’ अवार्डबाट सम्मानित भएको हो । यो अवार्ड कम्पनीका पी सिरिजका उत्पादनले विगत पाँच वर्षदेखि निरन्तर पाएका छन् ।
हुवावे पी १० ले ‘बेस्ट कन्ज्युमर स्मार्टफोन’ अवार्डसमेत हात पारेको छ । योसँगै पी सिरिजका स्मार्टफोनले लगातार चौथोपटक यो अवार्ड हात पारेका हुन् । हुवावे पी सिरिजका सम्मार्टफोन आकर्षक डिजाइन, उत्कृष्ट प्रविधि र प्रयोगका लागि सहज भएकाले यिनले अवार्ड जितेको कम्पनीको भनाइ छ ।
सन् २०१७ मा हुवावे पी १० मार्फत पहिलोपटक लाइकासँग सहकार्य गर्दै स्मार्टफोनको क्यामेरामा प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गरेको कम्पनीले ईआईएसए स्मार्टफोन क्यामेरा २०१७/१८’ अवार्ड जित्न सफल भएको हो । कम्पनीका अनुसार पी १० ले स्मार्टफोन प्रयोगकर्तालाई डिजाइनका साथ नयाँनयाँ प्रविधिसँग जोडिन र सहज प्रयोगको अनुभव प्रदान गर्न सफल भएको छ । यसमा प्रयोग भएको क्यामेराले प्रयोगकर्तालाई सबैभन्दा आकर्षण गरेको कम्पनीको दाबी छ ।
पी १० स्मार्टफोनको पछाडिको भागमा लाइकाको ड्युल क्यामेरा र फ्रन्टमा पनि लाइकाकै क्यामेरा प्रयोग भएको छ । क्यामेराको बजारमा लाइकाको उत्पादन सबैभन्दा उतकृष्ट उत्पादनका रूपमा विश्वबजारमा परिचित छ ।
कम्पनीले सधैं ग्राहककेन्द्रित भएर उत्कृष्ट प्रविधिका साथ स्मार्टफोन बजारमा ल्याउने गरेको र त्यसैको एक प्रतिफलका रूपमा आएको हुवावे पी १० ले अवार्ड जितेको हुवावे कन्ज्युमर बिजनेस ग्रुपका मार्केटिङ प्रमुख ग्लोरी च्याङले बताए । त्यसैले अहिले हुवावे पी १० विश्वबजारमा उत्कृष्ट स्मार्टफोनका रूपमा स्थापित हुने सफल भएको उनको भनाइ छ ।
हुवावे पी १० ईआईएसएद्वारा सम्मानित हुनु कम्पनीका लागि एउटा ठूलो सफलता रहेको उनले बताए । यसले कम्पनीलाई नयाँनयाँ प्रविधि निर्माण गर्न प्रोत्साहन पुग्ने उनको भनाइ छ ।