एनटीसीको एक करोडभन्दा बढी निःशुल्क एसएमएस

एनटीसीको एक करोडभन्दा बढी निःशुल्क एसएमएस

काठमाडौं : नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढीपहिरोबाट पीडितको उद्धार तथा राहतका लागि आवश्यक सहयोग पु¥याउन २०७४ साउन २९ देखि ३१ गतेसम्म आफ्नो नेटवर्कभित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरेको थियो । यस अवधिमा करिब एक करोड १२ लाख निःशुल्क एसएमएस आदानप्रदान भएको पाइएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार साउन २९ गते १७ लाख ३० हजार, ३० गते ४७ लाख ५५ हजार र ३१ गते ४७ लाख १५ हजार एसएमएस आदानप्रदान भएको छ । देशका विभिन्न भागमा बाढीपहिरोबाट जनता पीडित भइरहेको अवस्थामा राहत कार्यमा सहयोग पुगोस् तथा पीडितलाई आफन्तसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले कम्पनीले उक्त सेवा सञ्चालनमा ल्याएको थियो ।

कम्पनीको नेटवर्क प्रयोग गरी जल तथा मौसम विज्ञान विभागले विपद्को अवधिमा प्रभावित क्षेत्रका बासिन्दालाई चार लाख ८६ हजारभन्दा बढी विपद् आउनुपूर्वको जानकारी (एलर्ट एसएमएस) पठाएको छ ।

विभागले साउन २० गते ९४ हजार ६ सय, २९ गते चार सय, ३० गते एक लाख ६ हजार दुई सय, ३१ गते ७८ हजार आठ सय र ३२ गते दुई लाख ६ हजार पाँच सयभन्दा बढी एसएमएस पठाएको बताएको छ । जल तथा मौसम विज्ञान विभागले आवश्यकताअनुसारको संख्यामा आफै एसएमएस पठाउन सक्ने गरी व्यवस्था मिलाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.