टाटाले दियो सोल्टीलाई हाईलिफ्ट्स च्याम्प
काठमाडौं : सिप्रदी ट्रेडिङ प्रालिले सोल्टी क्राउन प्लाजालाई हाई लिफ्ट्स क्याटरिङ च्याम्प हस्तान्तरण गरेको छ । नेपालका लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदीले बुधबार सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममार्फत उक्त च्याम्प हस्तान्तरण गरेको हो ।
उक्त गाडी हवाईजहाजभित्र खाना ढुवानी गर्न प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । टाटा १६१३ को च्यासिसमा निर्मित उक्त च्याम्प अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार तयार गरिएको कम्पनीको दाबी छ । तीन हजार किलोसम्मको वजन बोक्न सक्ने क्षमता रहेको उक्त गाडी चलाउन र मर्मत गर्न निकै नै सजिलो छ ।
गाडीको पछाडिको भाग पनि उचाल्न मिल्ने भएकाले लोड, अनलोड गर्नसमेत सजिलो हुने कम्पनीले जनाएको छ । साधारण क्याटरिङ च्याम्पको तुलनामा यसको बडीमा स्यान्डविच कम्प्रेस्ड प्यानलले खानामा ताजापन कायम नै राख्नेछ । कम्पनीका अनुसार यसमा जडान गरिएको पीटीओ, डीसी मोटर ह्यान्ड पम्प, सहजताका लागि क्यामेरा र चालकको क्याबिनमा रहेको अपरेटिङ प्यानलले गर्दा यो च्याम्प अन्यको तुलनामा फरक र उत्कृष्ट रहेको कम्पनीको भनाइ छ ।