वर्ल्डलिंक सेवा नयाँ बानेश्वरबाट पनि
काठमाडौं : इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकले बिहीबारदेखि नयाँ बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा विस्तारसँगै ग्राहकले वल्र्डलिंकबाट सजिलै सेवा लिने र नगद भुक्तानी गर्न सक्नेछन् ।
कम्पनीले एक वर्षको इन्टरनेट सेवा अग्रिम बुकिङ अथवा जडान गर्ने ग्राहकलाई दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने बताएको छ । यो योजना भदौ १ देखि ७ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । हाल वल्र्डलिंकका काठमाडौंभित्र ६ वटा शाखा र काठमाडौंबाहिर २१ वटा शाखा रहेका छन् । भविष्यमा १५ वटा शाखा काठमाडौंमा र बाहिर पनि आवश्यकताअनुसार थप्दै लैजाने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।