सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुङ्गा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका-८ मा नम्बर खुल्न नसकेको सवारीसाधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन । गएराति सडकपेटिमा हिँडिरहेका अन्दाजी ६० वर्षीय पुरुष सवारीको ठक्करबाट गम्भीर घाइते भएको र उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।

ठक्कर दिने सवारीसाधनको खोजी तथा मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.