युट्युबलाई टक्कर दिने फेसबुकको योजना

युट्युबलाई टक्कर दिने फेसबुकको योजना

विश्वु चर्चित सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो प्लेटफर्म सार्वजनिक गरेको छ । उपभोक्ताको मागलाई मध्यजनजर गर्दै फेसबुकले उक्त भिडियो प्लेटफर्म सार्वजनिक गरेको हो । यो सुविधासँगै गुगलको युट्युबलाई फेसबुकले टक्कर दिने दाबी गरेको छ । सुरुमा सार्वजनिक गरेको फेसबुकको भिडियो प्लेटफर्म सानो समूहका लागि मात्र लक्षित गरिएको छ । प्लेटफर्ममा नेट फ्लिक्स र अमेजनलाई समेत साझेदारीमा भिडियोको लागि ठाउँ उपलब्ध गराउने फेसबुकले जनाएको छ । यो प्लेटफर्ममा युट्युबमा जस्तै क्रिएटिभ भिडियो प्रोग्राम बनाउन सकिनेछ ।

फेसबुक एन्ड्रोइड र आईओएस एमा अहिले एउटा भिडियो ट्याब हुन्छ जसलाई यो नयाँ फिचरले विस्थापित गर्नेछ । नयाँ भिडियो प्लेटफर्म सार्वजनिक समारोहमा फेसबुकले प्रसिद्ध च्याननल नास डेलीको भिडियो समेत देखाएको थियो । अब फेसबुकले मिडिया पब्लिसर्सलाई समेत ठाउँ दिने जनाएको छ । फेसबुकले यो नया प्लेटफर्मको नाम 'वाच' राखेको छ । यसको सिम्बोल एउटा धारिलो तरबार जस्तो छ । यो प्लेटफर्ममा भिडियो फिचर, एप्स तथा टीभी एप्ससमेत उपलब्ध गराइनेछ ।

फेसबुकले यो एप्सलाई अमेरिकामा परीक्षणका गर्न बताइएको छ । यसका लागि प्रयोगकर्ता आफैंले खिचेको सक्कली भिडियो राख्नुलपर्नेछ । फेसबुकले यसको लागि बजेटसमेत छुट्याउने तयारी गरेको छ । यसबाट के फाइदा हुन्छ भन्नेक प्रश्नकमा फेसबुकले भिडियोको वाचलिस्ट बनाउनेछ र पछि प्रयोगकर्तालाई हेरेको आधारमा रकम उपलब्ध गराउनेसमेत जनाएको छ ।

भिडियोलाई वर्गीकरणसमेत गरिने भएको छ । प्रयोगकर्ताले कुन भिडियो बढी हेर्न चाहन्छन् वा हेरिरहेका छन् भन्नेक पत्ता लगाउन यसले मद्दत गर्नेछ । फेसबुकको यो फिचर एसियाली मुलुकमा भने सन् २०१८ सम्मामा मात्रै उपलब्ध हुने अनुमान गरिएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.