शालीनताको पक्षमा गीता

शालीनताको पक्षमा गीता

सरकारी जागिरे भए पनि मोडलिङमा आफ्नै पहिचान बनाएकी छन् गीता राईले । पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएकी गीताले हालसम्म दुई सयभन्दा बढी भिडियोमा मोडलिङ गरिसकेको बताइन् । उनले मोडलिङ गरेको तीतेकरेलीले, उनकै सम्झनामा, पछ्यौरी लेऊ बैना, झिमझिम सानु, चाहियो जागिर, निष्ठुरी मायालु, छाडी जाने निष्ठुरीजस्ता गीतलाई श्रोतादर्शकले निकै रुचाएका छन् । गीताले लोकदोहोरीमा मात्र मोडलिङ गरेकी छैनन्; कौडा, सालैज्यो, झ्याउरे, नेवारी, सेलोलगायत विभिन्न जातजाति, भाषाभाषीका मौलिक गीतहरूमा समेत काम गरेकी छन् ।

बाबु सुनिल राई र आमा कुमारी राईको छोरीका रूपमा २०३६ सालमा राजधानीमा जन्मेकी उनी सानैदेखि कला क्षेत्रमा रुचि राख्थिन् । गीतसंगीत मन पराउने उनी नृत्यमा अगाध रुचि राख्थिन् । उनी नेपाल प्रहरीमा सरकारी जागिरे बन्न पुगिन् । उनलाई जागिर पनि निकै फलदायी बन्यो । राजधानीस्थित पुलिस क्लबको सांस्कृतिक विभागमा कार्यरत गीतालाई नेपाल प्रहरीको जागिरले उनको नृत्यप्रतिको रुचि र चाहनालाई फल्नेफुल्ने मौका दियो ।

gita-rai

नृत्य प्रस्तुतिका सिलसिलामा हङकङ, जापान, बेल्जियम, अस्ट्रेलिया, क्यानडा, सिंगापुरलगायत विभिन्न देशमा पुगिसकेकी गीता भन्छिन्, 'समाजअनुसार चल्नुपर्छ । समाजले नै स्वीकार्न सकेन भने त्यो कला र कलाकारिताको कुनै अर्थ हुँदैन ।' आफूलाई भद्दा रूपमा भन्दा सभ्य तरिकाले प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता राख्ने गीताको अनुभवमा समाजले कलाकारबाट धेरै सिको गर्छन् । त्यसैले कलाकार सभ्य र शालीन हुनु जरुरी छ । गीत, संगीत तथा नृत्यकला मौलिकता झल्कने खाले हुनुपर्छ । अन्य देशका कला सिको गरी विकृति भित्र्याउने काम छोटो समयमै चर्चा कमाउने मान्छेले गर्ने गरेको उनको आरोप छ ।

गीताले विभिन्न अवार्ड तथा पुरस्कार पनि हात पारेकी छन् । हालै सम्पन्न 'छैटौं म्युजिक खबर म्युजिक अवार्ड-२०७४'को लोकदोहोरी महिला मोडल तर्फबाट उनले अवार्ड चुम्न सफल भएकी थिइन् । कार्यक्रममा गीतासँगै मोडल पार्वती राई, पूर्णिमा श्रेष्ठ लगायतका पाँचजना मनोनयनमा परेका थिए । पाँचबाट गीता 'निष्ठुरी मायालु' बोलको गीतबाट यस वर्षको सर्वोत्कृष्ट मोडलको अवार्ड उचाल्न सफल भएकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.