बाढीग्रस्त जिल्लाको स्थलगत निरीक्षणमा मन्त्री बलायर

बाढीग्रस्त जिल्लाको स्थलगत निरीक्षणमा मन्त्री बलायर

काठमाडौंः बाढी प्रभावित विभिन्न जिल्लाको स्थलगत निरीक्षणका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर यति बेला पूर्वी तराई पुगेका छन्।

बिहिबार हेटौडाबाट निरीक्षण सुरु गरेका मन्त्री बलायरले शुक्रबार बारा, रौतहट, सर्लाही र महोत्तरीका बाढी प्रभावित बिभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। उनले बाढीले क्षति पुर्याएका पूर्वपश्चिम राजमार्ग, पुल, हुलाकी राजमार्गका साथै भित्री गाउँ जोड्ने सडकको पनि निरीक्षण गरेको मन्त्रीका स्वकीय सचिव केशव बलायरले बताए।

बाढीले सडक क्षेत्रमा ठूलो क्षति पुर्याएको भन्दै मन्त्री बलायरले यथासक्य चाँडो सडक सञ्जाललाई पुरानै स्थितिमा पुर्याउन मातहतका अधिकारीलाई निर्देशन दिएका छन्। उनले राजमार्ग लगायत सडक क्षतविक्षत हुँदा सहज यातायातमा समस्या भएको बताए।

महोत्तरीमा रातु पुलको एक छेउ बाढीले बगाउँदा सवारी आवत जावतमा समस्या भएको छ। यसै गरी सर्लाहीमा पनि बाढीले सडक र पुलमा क्षति पुर्याउदा सवारी आवत जावतमा समस्या उत्पन्न भएको छ। यस्तै मन्त्री बलायरले बाढी प्रभावित गाउँको निरीक्षण गर्दै पीडितहरुको स्थिति र राहत वितरणबारे पनि जानकारी लिएको प्रेस सहयोगी रमेश जोशीले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.