नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ: नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले भण्डारीलाई सपथ ग्रहण गराएकी हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।

वरिष्ठ अधिवक्ता भण्डारीलाई प्रधानमन्त्री देउवाले महान्यायाधिवक्ता नियुक्तिका लागि बुधबार राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए। नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

विसं २००२ मा काठमाडौँको ठमेल गल्कोपाखामा जन्मेका भण्डारीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन्। उनी विसं. २०३० देखि वकालत पेशामा आवद्ध छन्।

सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता भण्डारीले संविधान र कानूनअनुसार आफ्नो अनुभव र क्षमतालाई प्रयोग गरेर सकेसम्म प्रभावकारी ढंगले सरकारी मुद्दामा प्रतिरक्षा गरिने प्रतिबद्धता व्यक्त गरे। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.