देवेन्द्र पौडेलसहित नयाँ शक्तिका १५ नेता पार्टीबाट निष्कासित
काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संघीय परिषद् सदस्य देवेन्द्र पौडेलसहित १५ नेतालाई पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरेको छ ।
पार्टी संयोजक बाबुराम भट्टराईले १५ जना नेताले पार्टीको नीति र विचार विपरित कार्य गर्दै आएको भन्दै पार्टीको सबै जिम्मेवारी र साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको विज्ञप्ति मार्फत् जानकारी गराएका छन् ।