दशककै उत्कृष्ट पत्रकार सम्मान थापालाई
काठमाडौँ : गाउँ गाउँमा कम्प्युटर शिक्षा तथा स्वास्थ्य सेवा नेपाल र सिंगापुर इन्टरप्राइजेजले दशककै उत्कृष्ट पत्रकारका रूपमा पत्रकार प्रकाश थापालाई सम्मान गरेको छ ।
थापालाई व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले सम्मानपत्र एवं खादा सहित उक्त सम्मान प्रदान गरेकी हुन् । विगत दुई दशकदेखि नेपाली पत्रकारिताको क्षेत्रमा क्रियाशील रही पत्रकारिता जगतमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
पत्रकारिताका तीनवटै विधा रेडियोरटेलिभिजन, पत्रिका र अनलाइनमा काम गरेर सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रको संरक्षण र सम्बद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको महशुस गर्दै उक्त इन्टर प्राइजेजले सम्मान प्रदान गरेको हो । जस्तोसुकै परिस्थितिमा पनि समाचारमूलक सामग्री संकलन, सम्पादन र सम्प्रेषणमा निरन्तर लागिपरेको कदर गर्दै थापालाई दशककै उत्कृष्ट सम्मान प्रदान गरिएको हो । थापा हरेकपल डटकमको सम्पादक तथा रेडियो नेपालबाट प्रशारित हुने चर्चित क कार्यक्रम घटना र विचारमा कार्यरत छन् ।
सिंगापुर इन्टरप्राइजेजले चर्चित लोक गायिका हरिदेवि कोइराला, युवा व्यवसायी तथा राजनीतिज्ञ केशव थापा, सञ्चारकर्मी कृष्ण कँडेल, नृत्यांगना जलु गुरुङ लगायतका समाजमा ख्याती कमाएका व्यक्तित्वहरुलाईसमेत सम्मान गरेको थियो । सिंगापुर इन्टरप्राइजेजले विगत दुई दशकदेखि जातिय भेषभुषा संरक्षण तथा प्रवद्र्धनमा क्रियाशील रहदै आएको छ ।