बाढीपीडित बस्तीमा झाडापखालाको प्रकोप,औषधि अभाव

बाढीपीडित बस्तीमा झाडापखालाको प्रकोप,औषधि अभाव

रौतहट : रौतहटको गढीमाइ गाउँपालिकाको बाढी प्रभावित बस्तीमा ज्वरो र झाडापखालाको प्रकोप देखिएको छ ।ज्वरो र झाडापखालाबाट सयाँै मानिस बिरामी परेका छन् । स्थानीय हेल्थपोष्टमा औषधि अभाव हुदाँ धेरै बिरामीले जीवनजल समेत पाएका छैनन् ।

बिगत केही दिन अघिदेखि साविकको गम्हरीया पर्सा गाबिसको वडा नम्वर ६,७, ८ र ९ को बस्तीका मानिस बिरामी पर्न थालेका छन् । बृद्धबृद्धा र बालबालिका ज्वरो र झाडापखालाबाट बढी बिरामी परेको गढीमाई गाउँपालिका-३ का वडा सचिव हरेन्द्र साहले बताए । बिरामीको सख्या दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । शुक्रबार गाउँमा रहेका स्थास्थ्यकर्मीले एक सय ५० जना ज्वरोका बिरामी र २५ जना झाडापखालाका बिरामीको घरमा नै गएर स्वास्थ्य जाँच गरेको गम्हरयापर्सा हेल्थपोष्टका अहेव कृष्ण कुमार यादवले बताए ।

‘घरमै गएर उपचार गरीयो, बिरामी बढ्दै गएका छन्, औषधी अभाव छ' अहेव यादवले भने । जिल्ला जनस्वास्थ्य कार्यालयसंग औषधि माग गरीएको समेत उनले बताएका छन् । गाउमा ५० भन्दा बढी बालबालिका बिरामी छन् । दुइसय भन्दा बढी महिला तथा पुरुष बिरामी छन् । एकदर्जन भन्दा बढी बिरामी सिकिस्त हुदैँ गएका छन् । बालबालिका बिरामी पर्दै गएको र उचित उपचार हुन नसकेको स्थानीय रजिया देवीले बताइन् । गाउँमा महामारीनै फैलन सक्ने अवस्था आएको भन्दै गाउमा स्वास्थ्यकर्मी र औषधि तत्काल उपल्व्ध गराउन स्थानीय सोनेलान राउतले माग गरेका छन् ।

बाढीका कारण घरबाट बिस्थापित भएका गरिव तथा दलित बस्तीमा रोगको प्रकोप बढी छ । रोग प्रभावित बस्तीमा पानी शुद्धिकरण गरेर खानुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, बासी सडेगलेको खाने कुरा खान नहुने जिल्ला अस्पताल गौरका डा.मो हुसैन सुझाव दिएका छन् । ज्वरो र झाडापखाला प्रभावित गाउँमा खाने र बस्ने समस्या छ । बाढी र डुवानका कारण खानेपानीको ट्वूकलमा धमिलो पानी आउने गरेको छ । बस्तीका मानिसले सोही पानी शुद्धिकरण नगरी खाने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.