अवशानको धुुन
धमिला पन्याला सम्झनाहरू
आँखाको डिलमा आएर,
उन्मक्त सामुुद्रिक ज्वारभाटामा नाचेर,
बैंसको बूढो रूखमा
अवशानको नमीठो धुुन बजाएर जान्छन्
समयको सियोले
अनुुहारमा कोरेका धर्साहरू
सेताम्मे फुुलेका काँसेघारीहरू
लौरो टेक्दै–टेक्दै
आफ्नै छायाहरूले लखेटिएर
मनको एउटा अँध्यारो कुुनामा
एक बिसाउनी चौतारी खोजिरहेछन्
आहा !
ती सिन्दूरका बट्टाहरू, औंठीहरू, आस्थाका घण्टीहरू
अनिँदो सपना ओढेर
अव्यक्त तृष्णा पिएर
मनको आँखीझ्यालबाट टुुलुुटुुलुु हेरिरहेछन्
अब एक अञ्जुुली मनतातो आँसुुमा
हाम्रा प्रिय एकान्तहरू र महŒवाकांक्षाहरू
हाम्रा प्रिय अहंकारहरूर स्वप्नदोषहरू
समयको अनकन्टार राजपथमा
श्याम–श्वेत सपना भएर नदी बग्नेछन्
म तिम्रो अनुुहारमा कोरिएको धर्साहरूमा
बामे सर्दै–सर्दै
सेताम्मे फुुलेका काँसेघारीहरूमा
शान्त स्तब्ध चिहानघारीहरूमा
जीवनको सुुगन्ध खोजिरहेछुु
हामीले बैंसमा बिराएको त्यो पुुरानो बाटो फेरि पहिल्याइरहेछुु
तर तिम्रो पहाडजस्तो मौनता बिछ्याइएको
एक जोडी अर्धमुुदित आँखाबाट
किन म यसरी लखेटिँदै लखेटिँदै भागिरहेछुु ?
हे तथागत
के साँच्चै त्यो आँखा शाक्यमुुनि बुुद्धकै हो त ... ?