न्यूनचापीय प्रणालीले मनसुन पुन: सक्रिय, मौसम बद्‌ली भइरहने

न्यूनचापीय प्रणालीले मनसुन पुन: सक्रिय, मौसम बद्‌ली भइरहने

काठमाडौँ: मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ। उक्त प्रणालीका कारण देशको मध्य भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट विस्तारै सर्दै गरेको र मध्य भेगमा न्यूनचापीय क्षेत्रको विकासले काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी दिए।

उनकाअनुसार भारतको उडिसा राज्य र उत्तर-पश्चिम बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको कारण पनि नेपालको मौसममा प्रभाव पारेको छ। अहिले देशभर बदली र मध्य भेगमा वर्षा रहेको र यो क्रम भोलि आइतबार पनि जारी रहने मौसमविद् पौडेलको भनाइ छ। साँझपख देशका अन्य स्थानमा पनि सामान्य वर्षा हुनेछ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सबै भन्दा बढी ताप्लेजुङमा ४० र सबैभन्दा कम काठमाडौँमा तीन मिलिमिटर वर्षा भएको छ।

विराटनगरमा १३, पोखरामा २१, जुम्लामा ११, वीरेन्द्रनगरमा १० र दिपायलमा १२ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम ३१ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.