आरजुको राहतले भूकम्पपीडित दंग
बनेपा: काभ्रेको पनौती नगरपालिका २ तोरीखोरीयाका लालपुर्जा बिहिन भूकम्पपीडित राहत रकम पाएसंगै दंग परेका छन्। भूकम्पले घर भत्किएसंगै लालपूर्जा नभएकै कारण सरकारी सेवा सुविधाबाट बञ्चित हुँदै आएका ३५ परिवारले पहिलो पटक राहत रकम पाउदा दंग परेका हुन् ।
काभ्रेको कुशादेवीमा शनिबार एक कार्यक्रमबीच सांसद डा.आरजु राणा देउवाले मुलुकमा कोही पनि नागरिक राज्यको सेवासुविधाबाट बञ्चित हुन नुहने बताउदै आफूले पीडित परिवारलाई केही रकम सहयोग गरेको बताइन् ।
‘मैले तत्कालका लागि केहि रकम सहयोग गरेको हुँ,अव लालपुर्जा नभई घर बनाउन नसकेका पीडित परिवारको बसोबासका लागि पहल गर्छु’ उनले भनिन‘घरबार विहिन भई लालपुर्जा नभएकै कारण सरकारी सेवा सुविधाबाट बञ्चित हुनु पर्दैन, त्यसका लागि सम्वन्धित निकायमा म पहल गर्छु ।’ डा. राणाले ३५ परिवारका भुकम्प पीडितलाई जनही १० हजार रुपैया प्रदान गरेकी थिइन ।
राहत रकम पाएसंगै आफुहरुको घाउँमा मलम लगाउने प्रधानमन्त्री पत्नी देउवालाई धन्यबाद दिएका थिए पीडितहरुले । ‘हामीलाई राहत रकम भन्दा पनि दुः ख सुख बुझिदिन,हाम्रै घरटोलमा आउनुभयो त्यसका लागि धन्यबाद’साईला तामाङ्गले भने,‘सरकार समक्ष हाम्रो दुख पीडाका लागि समधान गर्छु भन्नु नै हाम्रो लागि ठुलो कुरा हो ।’
आईत तामाङ्गले पाएको राहत रकमले छोराछोरीको पढाई खर्च र साहुको ऋण तिर्ने बताए । ‘सरकारले दिएन तर डाक्टर सापले दिनुभयो, यो हाम्रो लागि खुसीको कुरा हो’उनले भने । तोरीखोरीयाका अधिकाँश तामाङ्ग समुदायमा पुर्खौदेखि बसोबास गर्दै आएपनि लालपुर्जा नहुदा सरकारी सेवा सुविधा र आवास निर्माण गर्नबाट सञ्चित हुदै आएका छन् ।
सोही कार्यक्रममा कुशादेवी मावि र लिलावती नेशनल ऐकेडेमीबाट एस.इ.इ मा ए प्लस ल्याउने र उर्तिण हुने एक सय ६१ जनालाई राणाले छात्रबृति वितरण गरेकी थिइन । साँसद राणाले ए प्लस ल्याउनेलाई जनही १० हजार र अन्य उर्तिणलाई डायरी, कलम, डिक्सनेरी दिएकी थिइन। कार्यक्रममा विदेशमा रहेका राजेस लामाले एसइइमा ए प्लस ल्याउने चार जनालाई नगद १० हजारका दरले छात्रावृति प्रदान गरेका थिए।
प्रधानमन्त्री पत्नी एवम सांसद राणा समक्ष स्थानीय तथा नवनिर्वाचित जनप्रतिनिधिले राजधानीबाट नजिकको जिल्ला भएपनि कर्णाली भन्दा विकट गाउहरु रहेको गुनासो पोखे । अझै पनि शिक्षा, स्वास्थ्य, यातायात,कृषिमा आधुनिकीकरण, कृषि विश्वविद्यालयको स्थापना, विपि राजमार्गको बैकल्पिक सडक ग्वार्को पनौती नमोवुद्ध दाप्चा सडक निर्माण गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा औद्योगिक विकास प्रतिष्ठानका अध्यक्ष नन्द किशोर बस्नेत,पनौती नगरपालिकाका मेयर भिम न्यौपाने, त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका साहायक डिन निलम कुमार शार्मा, काभ्रे सेवास समाजकी सचिव गिता हुमगाई, वडा अध्यक्षहरु र शिक्षा प्रेमी रमेश पौडेलको उपस्थिति रहेको थियो।