निर्वाचनको वातावरण बन्दै छ : महतो

निर्वाचनको वातावरण बन्दै छ : महतो

राजविराज (अन्नपूर्ण) : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधनको विपक्षमा मतदान गर्ने दललाई जनताले ‘उचित जवाफ’ दिने बताएका छन् । बाढीप्रभावित क्षेत्र निरीक्षणका क्रममा शनिबार सप्तरी आएका नेता महतोले संविधान संशोधन मधेसी, आदिवासी जनजातिको माग बनेको उल्लेख गर्दै यस्तो दाबी गरेका हुन् ।

उनले संविधान संशोधन प्रक्रिया अगाडि बढेसँगै निर्वाचनका लागि सकारात्मक वातावरण बन्दै गएको धारणा व्यक्त गरे । यद्यपि, संसद्मा रहेका दलहरूले संविधान संशोधनमा देखाउने व्यवहारअनुसारको नीति बनाएर अघि बढ्ने उनले स्पष्ट पारे । उनले संशोधन विधेयकको पक्षमा मतदान गर्न आग्रह गर्दै विधेयक हुनेबित्तिकै राजनीतिक निकास निस्किने र निर्वाचनको बाटो सहज हुने दाबी गरे ।

उनले बाढीग्रस्त क्षेत्रमा पुनर्निर्माण र पीडितलाई क्षतिपूर्तिका लागि सरकारसँग २६ अर्ब रुपैयाँ छुट्ट्याउन माग गरिएको जानकारी दिए । पुनर्निर्माण प्रतिष्ठानजस्तै बाढीपीडितका लागि पनि प्रतिष्ठान गठन गरी पीडितलाई आवश्यक राहत प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.