किवी खेतीमा आकर्षण

किवी खेतीमा आकर्षण

सिन्धुपाल्चोक : फलफूलको राजा मानिने किवी खेतीतर्फ किसानको आकर्षण बढेको छ । पछिल्लो समय किवी खेती गर्ने किसान दिनानुदिन बढ्दै छन् ।
मेलम्ची नगरपालिकाका किसान संगठित भएर किवीखेती सुरु गरेका हुन् । मेलम्चीको वडा नम्बर १, २ भोटेचौर र मेलम्ची-३ हैबुङका ४० जना किसान मिलेर सिन्धु हिमालयन एग्रिकल्चर अर्गानिक भिलेज स्थापना गरेर किवीको व्यावसायिक खेती गरेका हुन् ।

समूहका अध्यक्ष दिनेश सिग्देलले तीन सयभन्दा बढी रोपनी जग्गा भाडामा लिएर व्यावसायिक किवी खेती गरिएको जानकारी दिए । ‘मंसिरदेखि उत्पादन बजारमा जानेछ', उनले भने । २०७० सालदेखि किवी खेती सुरु गरिए पनि यसपटक मात्र उत्पादन दिन थालेको हो । ‘किवीले उत्पादन दिन थालेपछि कृषक उत्साहित छन्', उनले भने । एकदुई वर्षभित्र लगानी उठाउन सकिनेमा उनी विश्वस्त छन् । ‘फल लागेको देख्दा आशा जागेको छ, केही वर्षभित्र हामी लगानी उठाउन सक्षम हुनेछौं', उनले भने ।

दुई करोडभन्दा बढीको लगानीमा किवीखेती सुरु गरिएको थियो । ४० जनाले प्रतिव्यक्ति दुई लाख र बैंकबाट एक करोड ऋण लिएर किवीखेती सुरु गरेका थिए । बिरुवा रोप्ने, मल हाल्ने, पिलर ठड्याउने, जीआई पाइप गाड्न किसान आफैं अग्रसर भएर लागेका थिए । अहिले चार जनाले रोजगारी पाएका छन्। किवी निर्यातका लागि न्यूजील्यान्डको एक कम्पनी सम्र्पकमा आइसकेको छ । तर नेपालमै खपत गर्ने उनीहरूको सोच छ । ‘किवी फलका साथै जाम, वाइन, किवी जुस बनाउन सकिन्छ । किवीले एक सय वर्षसम्म आम्दानी दिने भएकाले कृषक किवीप्रति आकर्षित हुँदै गएका हुन् ।

किवीको नियमित सेवनबाट गर्भवती महिला, रगत, मुटुका विरामी र रुघाखोकीलगायतका विरामीलाई विशेष फाइदा पुग्ने बताइएको छ । हर्बल प्रोडक्टमा किवीको प्रयोग हुँदै आएको छ । किवीखेती सिन्धुपाल्चोकसँगै दोलखा, रामेछाप, मकवानपुरलगायत क्षेत्रमा खेती हुँदै आएको छ । किवीखेती १२ सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिन्छ । मेलम्चीमा १७ सयदेखि १८ सय फिटसम्म किवी खेती भएको छ । अन्य क्षेत्रमा पनि किवीखेती विस्तार गर्न थालिएको छ । अहिले ६ हजार बिरुवा रोपिएका छन् । छिट्टै एक हजार बिरुवा थप्ने तयारी भएको छ ।

एउटा किवीको रुखबाट बर्सेनि ४० देखि ५० केजीसम्म उत्पादन लिन सकिन्छ । बिरुवा रोपेको चारवर्षपछि सुरु हुने उत्पादन एक सय वर्षसम्म उत्पादन लिन सकिन्छ । किवीको जरामा रातो कमिला लाग्ने भएकाले सधैं गोडमेल गर्नुपर्छ । त्यस्तै किवीको डन्डी र पातमा पनि रोगले आक्रमण गर्ने भएकाले ध्यान दिनुपर्ने कृषकको अनुभव छ ।

मेलम्ची वडा नम्बर ३ का अध्यक्ष बसन्त गुरुङले मेलम्चीमा कृषिको प्रचुर सम्भावना भएकाले किवीलगायत उत्पादनमा जोड दिने बताए । ‘कृषिलाई व्यवसायीकरण गर्न हाम्रो ध्यान जानेछ, किवी खेतीबाट म आकर्षित भएको छु', यसको व्यावसायिक प्रवद्र्धनमा म लाग्ने छु', उनले भने । नगरवासीलाई आर्थिक सबलीकरणमा लैजान उत्पादन बढाउनुपर्ने भएकाले किवी खेतीको प्रोत्साहन गरिने उनले जानकारी दिए । ‘अहिले खेती मात्र छ, भोलि फ्याक्ट्री पनि चलाउन सकिन्छ, त्यसो गर्न सक्दा स्थानीयले नै रोजगारी पाउनेछन्', उनले भने । मेलम्चीमा किवीसँगै चियाको पनि राम्रो सम्भावना भएको उनले सुनाए । ‘हामी पहिचान गरेर कृषिमा विशेष प्याकेज बनाएर जान चाहेका छौं', उनले भने ।

नेपाल कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेम पाठकले किवीखेतीको प्रवद्र्धनका लागि क्रियाशील भएको बताए । ‘हामी कृषकलाई प्रोत्साहित गर्दैछौं', उनले भने । किवीसँगै यहाँ सम्भावना भएका सुन्तला, कागती, चिया उत्पादनका लागि प्राथमिकता दिने उनले जानकारी दिए । ‘भण्डारण, प्रशोधन केन्द्र, चिस्यान, कोल्ड स्टोरका साथै बजार व्यवस्थापनमा केन्द्रीय संघले पनि सघाउनेछ', उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.