गोरखा विकासमा गैरआवासीय गोरखालीको प्रयास

गोरखा विकासमा गैरआवासीय गोरखालीको प्रयास

गोरखा :  गोरखा घर भई विश्वभरि छरिएर रहेका गोरखाबासी गोरखाको विकास गर्नका लागि एकजुट हुने प्रयास गरेका छन् । ग्लोबल गोरखा समाज नेटवर्क गठन गरी गोरखाको चौतर्फी विकासको पहल गरेका हुन् ।

बेलायतमा वैदेशिक रोजगारी गरिरहेका जयप्रकास गुरुङले सो नेटवर्कको संयोजन रहेका छन् । साथै जापानमा रहेका एनआरएनका उपाध्यक्ष भवन भट्टले सो नेटवर्कको संरक्षकत्व गरेका छन् । नेटवर्कमा बेलायतमा रहेकी बीबीसी नेपाली सेवामा काम गर्ने संगीता मरहट्टा, विष्णुमाया परियार(अमेरिका), निर्मला अर्याल(फ्रान्स), प्रेम गुरुङ(बेल्जियम), बिकल आचार्य(बेलायत), रुद्र ढकाल(बेलायत), गणेश गुरुङ (बेलायत), कुमारी गुरुङ(बेलायत), जीवन अधिकारी(बेलायत), टारमीन पोखरेल(बेलायत), अनील गुरुङ(बेलायत), हेम गुरुङ(बेलायत), रवीन्द्र गुरुङ(बेलायत), माला गुरुङ (बेलायत), रुपक गुरुङ(पोर्चुगल), सुरेन्द्र श्रेष्ठ(पोर्चुगल), मानकाजी श्रेष्ठ,(हङकङ), सुदर्शन भट्ट(कतार) रहेका छन् ।

शनिबार गोरखामा एक भेला गरी एनआरएनए उपाध्यक्ष भट्टले छिट्टै यो नेटवर्कलाई विश्वव्यापी बनाउने बताए । छलफल कार्यक्रममा नेटवर्कको उद्देश्यमाथि प्रकास पार्दै भट्टले नेपाललाई परनिर्भरता हटाई आत्मनिर्भरता बढाउने बताए । त्यस्तै विश्वभरि छरिएर रहेका गोरखालीको बौद्धिक सम्पत्तिलाई जिल्ला तथा राष्ट्र निर्माणमा खर्च गर्नेमा जोड दिइएको थियो ।

संयोजक जयप्रकाश गुरुङले नेपाल निर्माता पृथ्वीनारायण शाह तथा रामशाहको विश्वभरि प्रचारप्रसार गरी गोरखाको गौरवलाई माथि उकास्नमा पहल गर्ने बताए । भौगोलिक, राजनीतिक, सांप्रदायिक, जातीय तथा धार्मिक रुपमा विभाजित गोरखावासीलाई विशुद्ध समाजसेवाका लागि जुट्ने र गोरखाको हरेक क्षेत्रको विकासका लागि एकजुट हुने मूल उद्देश्य रहेको सो अबसरमा उनले जानकारी दिए।

छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले आफ्नो जिल्ला विकास गर्न कसैलाई पर्खिन, कसैको धाक हेर्न नहुने बताए । विदेशको विकास गर्न चार हात चार खुट्टा भएको मान्छेले नभै हामी जस्तै मान्छेले गरेको भन्दै हामीले पनि कुनै त्यस्तो अद्भूत शक्तिको प्रतीक्षा गर्न नहुनेमा जोड दिएका थिए । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले विकासको एजेण्डामा राजनीतिक, जातीय, धार्मिक, साम्प्रदायिक कित्ताबन्दी हुन नहुने बताएका थिए।एनआरएनको आउँदो अधिवेशन लगत्तैपछि गोरखामा नेटवर्कको अधिवेशन गर्ने कार्यक्रम रहेको अर्का एनआरएन विनोद पोखरेलले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.