बाढीले  तरकारी महँगियो

 बाढीले  तरकारी महँगियो

 सिन्धुली : एक सातादेखि तराईमा आएको बाढी र पहिरोले सिन्धुलीलगायत पहाडी जिल्लामा तरकारीको भाउ दोब्बर वृद्धि भएको छ । जिल्लामा तरकारी भित्रिने मुख्य क्षेत्रमा बाढी र पहिरोले तरकारी तथा फलफूलमा क्षति पुर्‍याएपछि तरकारी तथा फलफूलको मूल्य वृद्धि भएको हो ।

तराईमा बाढी आएकै भोलिपल्टदेखि जिल्ला सदरमुकामस्थित तरकारी बजारमा हरियो तरकारीको थोक मूल्यमा ५० देखि एक सय २० रुपैयाँसम्म मूल्य वृद्धि भएको उपभोक्ता बताउँछन् । तरकारी उपज तथा थोक बजार सिन्धुलीका अनुसार हाल गोलभेँडा प्रतिकेजी एक सय २० रुपैयाँ छ । तराईमा बाढी आउनुअघि गोलभेँडा ५० देखि ६० रुपैयाँ केजीमा पाइन्थ्यो ।

बन्दाकोभी ६० रुपैयाँ केजी, आलु ८० रुपैयाँ धार्नी, लसुन दुई सय रुपैयाँ, प्याज ८० रुपैयाँ, कांक्रो ५० रुपैयाँ, बोडी ३० रुपैयाँ पाउ, घिरौला ८० रुपैयाँ प्रतिकेजी छ । बाढीपहिरो आउनु अघिल्लो दिनसम्म बन्दा ३० रुपैयाँ केजी, आलु ६० रुपैयाँ धार्नी, लसुन एक सय ७० रुपैयाँ केजी, ब्याज ५० रुपैयाँ केजी, कांक्रो ३० रुपैयाँ केजी, बोडी ४५ रुपैयाँ केजी, घिरौला ४० रुपैयाँ केजीमा पाइन्थ्यो ।

तराई बाढीको कारण देखाउँदै ब्यापारीले गोलभेँडामा दोब्बर ६० रुपैयाँसम्म बढाएका छन् । बन्दामा १०, आलुमा २०, लसुनमा ३०, प्याज ३० रुपैयाँसम्म मूल्य वृद्धी भएको छ । जिल्लामा तरकारी सर्लाहीको लालबन्दी, धनुषाको लालगढ, महोत्तरीको बर्दीबास, हेटौंडा, दाउन्नेबाट आयात गरिने गरिएको छ । तर, ती स्थानमा जम्मा हुने तरकारी तथा फलफूल तराईमा आएको बाढीपहिरोपछि जम्मा हुन छाडेपछि पहाडी जिल्लामा उत्पादन भएको तरकारी तथा फलफूल महँगोमा किन्नु पर्ने बाध्यता रहेको ब्यापारीले बताए ।

बाढीले तराईका प्राय तरकारी तथा फलफूलखेतीमा क्षति गरेपछि पर्याप्तरूपमा ढुवानी गर्न सकिएको छैन । बाढीले क्षति नपुर्‍याएका केही कृषकसँग महँगो मूल्यमा खरिद गरेर ढुवानी गर्नु पर्ने बाध्यता रहेकाले आफूहरूले पनि मूल्य वृद्धि गरेर तरकारी बिक्री गर्नु परेको तरकारी ब्यापारी राकेश ठाकुरले बताए । ‘हामीले नै महँगोमा खरिद गर्नु पर्ने भएपछि ढुवानी खर्च जोडेर त्यसमा केही मूल्य थप गरेर बिक्री गर्ने गरेका छौं', उनले भने ।

ब्यापारीले आफूखुसी तरकारीको मूल्य बढाएको नभई बजारमै तरकारी नपाउँदा महँगोमा गाउँगाउँबाट खरिद गर्नु पर्दा महँगो भएको उनीहरूको भनाइ छ । तराई डुबानका कारण पर्याप्त मात्रामा तरकारी नभिँत्रिदा पनि मूल्य वृद्धि भएको बताइएको छ । पहाडमा आएको पहिरो र तराईमा आएको बाढीको डुबानका नाममा पहाडी जिल्लामा तरकारी तथा फलफूलसँगै दैनिक उपभोग्य बस्तुको चर्को मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.