करेन्ट लागेर एक जनाको मृत्यु
धनकुटा: धनकुटा नगरपालिका वडा नं. १० धर्मशालामा रहेको एक घरमा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
धर्मशाला स्थित गुराँसे टिस्टेट कम्पनीको जग्गामा फत्तेवहादुर सार्की र कमला राईले संयुक्त लगानीमा बनाएको कच्ची घरमा विद्युत सर्ट हुँदा आगालागी भएको स्थानीयले बताएका छन्।
आगो निभाउने क्रममा करेन्ट लागेर छिमेकी ३६ वर्षीय रिता अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदिपराज भण्डारीले बताए। आगलागीले दश लाख रुपैयाँ बराबरको क्षति भएको छ।