मृतकका परिवारलाई सरकारको नगद राहत
विराटनगर : विराटनगरमा बाढीमा परी मृत्यु भएका मृतकका परिवारलाई सरकारले राहतदिएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिले आजविराटनगरका ५ र बुढीगंगा गाउँपालिकाका एक जना मृतकका परिवारलाई किरिया खर्चवापत आइतबार नगद २५ हजार उपलब्ध गराएको हो । सरकारले दुई लाख रुपैयाँदिने घोषणा गरेकोमा बाँकी एक लाख ७५ हजार भने परिवारको बैंक खातामा पठाई दिने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
विराटनगर १३ का रोशन लुइटेल र मनोज पासवान, विराटनगर १८ काकिसनमहतो, वडा नम्बर १२ निश्चल घिमिरे, वडा नम्बर ६ कामिथिलेस मण्डल र वडा नम्बर १९ काअरुलियाऋषिदेव र बुढीगंगा गाउँपालिकाकाउमेश नेपालका परिवारलाई जनही २५ हजार किरिया खर्च वितरण गरिएको हो।
जिल्लामाबाढीबाट १६ जनाको मृत्यू भएको थियो । उनीहरुका परिवारलाई क्रमश राहतदिइने प्रजिअ आचार्यले बताए ।