बाढीपीडित युवाले प्रधानमन्त्रीलाई पठाए ७० रुपैयाँ !

बाढीपीडित युवाले प्रधानमन्त्रीलाई पठाए ७० रुपैयाँ !

जनकपुरधाम : नेपाल सरकारले बाढीपीडितका लागि राहत स्वरुप घोषणा गरेको ७० रुपैयाँले आधा छाँक खानाको लागि पनि नपुग्ने भन्दै जनकपुरका युवाले सरकारको सो कदमको विरोध गर्दै राहत बढाउन माग गरेका छन्।

आइतबार जनकपुरमा जानकी युवा क्लबको समन्वयमा दुई दर्जन भन्दा बढी युवाले जनही ७० रुपैयाँ उठाएर जिल्ला हुलाक कार्यालय धनुषा मार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएका हुन्।

मधेसका जिल्लामा बाढीपीडितलाई नेपाल सरकारले ७० रुपैयाँ दिने गरेको निर्णयको विरोधमा जनकपुरका २७ जना युवाले प्रति व्यक्ति ७० रुपैयाँ संकलन गरी पठाएका हुन्।

७० रुपैयाँमा एक छाक खान नसक्ने समयमा दैनिक ७० रुपैयाँ बाढीपीडितको नाममा दिएर नेपाल सरकारले बाढीपीडितलाई अवहेलना गर्ने काम गरेको परिवर्तनका लागि युवा अभियानका संयोजक सुशील कर्णको आरोप छ।। उनले ७० रुपैयाँ बाट बढाएर राहत रकम कम्तीमा एक सय ५० रुपैयाँसम्म पुर्याउन माग गरेका छन्।

बाढीका कारण दैनिक उपभोग्य सामग्रीको मूल्य आकाशिएको बेला बजार अनुगमन समेत नगर्ने सरकारले यसरी पीडितलाई अधुरो सहयोग गर्नु उचित नरहेको मानवअधिकारकर्मी किरण कर्णले बताए।

यस्तो राहतले बाढीपीडितको घाँउमा मल्हम लगाउन सरकारले राहतको रकम बढाउनु आवश्यक रहकोे कर्णको भनाइ छ। सरकारको यो निर्णय बदल्न र राहत रकम बढाउन दबाब दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए। सरकारले बाढीबाट पीडित व्यक्तिलाई एक महिनासम्म दैनिक ७० रुपैयाँ दिने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.