बृद्धभत्ता मासिक पाँच हजार

बृद्धभत्ता मासिक पाँच  हजार

भैरहवाः सिद्धार्थनगर नगरपालिकाले ८५ वर्ष पुगेकहरुलाई मासिक पाँचहजार भत्ता दिने भएको छ।

भैरहवामा आइतबार नगरसभा गर्दै नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले उक्त कुरा घोषणा गरेका हुन्। ‘वृद्धवृद्धाहरुको सम्मानका लागि नगरपालिकाले यही वर्ष देखि भत्ता वृद्धि गरी ५ हजार दिने निर्णय गरेका छौं, नगर प्रमुख अधिकारीले भने, ‘नगरपालिका आर्थिक रुपमा सवल हुँदै गए वृद्ध भत्ता बढाउँदै जान्छौं।’

यसैबीच नगरपालिकाले चालू बर्षका लागि १ अरब ३८ करोड १५ लाख रुपैयाँ बढीको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। चालूतर्फ २८ करोड २४ लाख ९० हजार र पुँजीगततर्फ १ अरब ९ करोड ९० लाख २९ हजार रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको छ।

स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनबाट आएका जनप्रतिनिधिले सवै वडाहरुको समानुपातिक विकासका लागि योजना एवं कार्यक्रम ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.