वाईसीएल अध्यक्षमा दीपशिखा चयन

वाईसीएल अध्यक्षमा दीपशिखा चयन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ सर्वसम्मतिमा चयन भएका छन् ।

अध्यक्ष पदका अर्का दावेदार लक्ष्मी चौलागाईले सापकोटालाई समर्थन गरेपछि उनी सर्वसहमतिमा अध्यक्ष चयन भएका हुन्।

महासचिव पदमा भने विवाद देखिएपछि अन्य पदको टुंगो लगाउन कठिन भइरहेको एक नेताले बताए । भदौ २ देखि काठमाडौंमा जारी एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट दीपशिखा अध्यक्षमा चयन भएका हुन् । यसअघि दीपशिखा वाईसीएलका महासचिव थिए ।

दीपशिखाको नेतृत्वमा एक सय ५१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.