ठेकेदारको लापरबाहीले बबर्इ पुल भाँचियो

 ठेकेदारको लापरबाहीले बबर्इ पुल भाँचियो

काठमाडौं : ठेकेदारको लापरबाहीका कारण बर्दियाको जग्दिघाटस्थित बबई नदीमा निर्माण गरिएको पुल हस्तारन्तरण नहुँदै भाँचिएको छ । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको यो पुल सरकारलाई हस्तान्तरण नहुँदै गत साता भाँचिएको थियो ।

महेन्द्र राजमार्गलाई जोड्ने यो पुल बर्दियाको गुलरियाबाट उत्तरतर्फ बगही घाटमा एक वर्षअघि निर्माण सम्पन्न भए पनि प्राविधिक कमजोरीका कारण सरकारलाई हस्तान्तरण गरिएको थिएन । ठेकेदारले हस्तान्तरण नगरी पुल भाँचिएकाले पुनः उसैले निर्माण गर्नुपर्ने सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । निर्माण कमजोर भएका कारण ठेकेदारले पटकपटक पुल हस्तान्तरण गर्न खोज्दा पनि सडक विभागले नमानेको थापाले जानकारी दिए । उनले भने, ‘यो कम्पनीले समयमै काम नसकेका कारण पटकपटक समय थप भएको थियो । विभागलाई हस्तान्तरण नभए पनि पुल एक वर्षदेखि सञ्चालनमा थियो ।

निर्माण कम्पनीले कमजोर पुल बनाएका कारण करिब दुई करोड रुपैयाँ भुक्तानी रोकिएको छ । यसअघि राष्ट्रिय सतर्कता केन्द्रले स्थालगत निरीक्षण गरी पुलको प्राविधिक पक्षको अध्ययन गरेको थियो । केन्द्रले पुलको ग्राभेलमै मसिना ढुंगा र रोडको कम्प्याक्सन नमिलेको, कंक्रिट प्रयोगमा कमजोरी र पिलरको गहिराइ पनि कम भएको निष्कर्ष निकालेको थियो । पुल निर्माण गर्दा परामर्शदाताले दिएको सर्भे रिपोर्ट तथा डिजाइनको पनि पूर्ण पालना गरिएको छैन । पुल नदीको बहाबतर्फ नै फर्काएर बनाउनु पनि प्राविधिक कमजोरी भएको बताइएको छ ।

पुल निर्माता कम्पनी पप्पु कन्स्ट्रक्सनले भने पटकपटक पुल हस्तान्तरण गर्ने र त्यसपछि तोकिएको मर्मत अवधिभित्र पुलमा भएका कामजोरी सञ्चाउने माग गरिरहेको थियो । निर्माता कम्पनीले माटोको कारण गहिराइमा जान नसक्ने भन्दै केही पिलरको जग नै परिवर्तन गर्न खोजेको भए पनि विभागले नमानेको दाबी गरेको छ । पप्पुसँग आइतबार अन्नपूर्णले सम्पर्क गर्ने प्रयास गरेको भए सम्पर्क हुन सकेन ।

चार सय ३५ मिटरको यो पुलमा १६ वटा पिलर र १७ वटा स्पान छन् । हरेक पिलरको दूरी २५ मिटर छ । यो पुलका हरेक पिलरको जग १५ मिटर भास्सिएको छ । दुईवटा पिलरमध्ये एउटा चार मिटर र अर्को करिब २० सेमि दबिएको विभागले जानकारी दिएको छ । पुलका दुईवटै पिलर गाडेको ठाँउमा कडा माटो रहेकाले थोरै मात्रै ड्रिल भएको विभागको अनुमान छ । यो पुल २०६७÷६८ देखि नै निर्माण सुरु भएकामा निर्धारित समयभन्दा एक वर्ष ढिलो गरेर सम्पन्न भएको थियो । पुल पुनर्निर्माणमा करिब दुई करोड रुपैयाँ लाग्ने सडक विभागको अनुमान छ ।

पुलका दुईवटै पिलर गाडेको ठाँउमा कडा माटो रहेकाले थोरै मात्रै ड्रिल भएको विभागको अनुमान छ ।

पानीमा बनाइने पाइल फाउन्डेसन (पिलर) मापदण्डअनुसार नभएकाले पनि पुल कमजोर भएको हो । विभागले पुलबारे छनबिन गर्न मध्यपश्चिमाञ्चल सडक निर्देशनालयका क्षेत्रीय निर्देशक अयोध्याप्रसाद श्रेष्ठको संयोजकत्वमा गत बिहीबार पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइनेछ ।

यो १६ करोड ६८ लाख रुपैयाँमा निर्माण भएको पक्की पुल हो । पप्पु कन्स्ट्रक्सनले देशैभर करिब चार दर्जनभन्दा बढी ठूला पुल निर्माण गरेको छ । अन्य कम्पनीको तुलनामा कम रकम कबोल गर्ने भएकाले पनि ठेक्का उसैले पाएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.