गोरखाका कर्मचारीहरुले बाढीपीडितलाई एकदिनको तलब दिने घोषणा

गोरखाका कर्मचारीहरुले बाढीपीडितलाई एकदिनको तलब दिने घोषणा

गोरखा : हालैको बाढी, पहिरो र डुबानकापीडितलाई गोरखाका राष्ट्रसेवक कर्मचारीहरुले एकदिनको पारिश्रमिक दिने भएका छन् । आइतबार बसेको कार्यालय प्रमुखहरुको बैठकले जिल्लाका करिब सरकारी कार्यालय, संस्थान तथा प्राधिकरणका कर्मचारीबाट एक दिनको पारिश्रमिक पीडितहरुलाई दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

‘राष्ट्रिय बिपत्तिका बेला राष्ट्रसेवक कर्मचारीले पनि सक्दो सहयोग गर्नुपर्छ भन्ने प्रसंग उठ्दा यसरी सहयोग गर्ने निर्णय भएको हो' प्रजिअ बस्नेतले भने ‘यथासक्य छिटो सबै कार्यालय प्रमुखहरुले स्टाफ बैठक बस्नेछ । सबै कार्यालयले स्टाफहरुसँग रकम जम्मा गरेर बढीमा १५ दिनभित्र जिल्लामा संकलन हुनेछ र हामी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिनेछौं ।'

साथै बैठकले बारपाकमा फैलिएको सिजनलफ्लू अन्यत्र फैलन नदिन कुनै पनि कसर बाँकी नराखी काम गर्ने पनि निर्णय गरेको छ । ‘थप स्वास्थ्यकर्मीहरु त्यहाँ पुगेका छन्' सहायक प्रजिअ केशवराज शर्माले भने ‘त्यसलाई केही दिनभित्रै नियन्त्रणमा लिई अन्यत्र फैलन नदिने निर्णय भएको छ ।'

बैठकमा स्थानीय तहमा ऐन नआएकाले काम गर्न कठिन भएको बारे चर्चा चलेको थियो । ऐन नआएको अबस्थामा काम गर्न अन्यौल भएको कार्यकारीहरुले गुनासो गरेका सप्रजिअ शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.