जैविक विषादी प्रयोगमा किसानको आकर्षण बढ्यो

जैविक विषादी प्रयोगमा किसानको आकर्षण बढ्यो

बनेपा : काभ्रेका किसान जैविक विषादीतर्फ आकर्षित भएका छन्। खेतबारीमा रासायनिक विषादीको प्रयोग छाड्दै जैविक विषादी प्रयोग गर्ने कृषकको संख्या जिल्लामा बढ्दै गएको पाइएको हो । जिल्लामा पहिलोपटक किसानले निर्माण गरेको जैविक विषादी उत्पादन केन्द्र कुशादेवी गाविसमा स्थापना भएसँगै अहिले जिल्लामा यसको प्रयोगसमेत बढ्दै गएको कृषि विकास कार्यालय काभे्रले जानकारी दिएको छ ।

बाली संरक्षण निर्देशनालय क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, सयपत्री सामुदायिक आईपीएम स्रोत केन्द्र र कृषि विकास कार्यालय काभे्रको प्राविधि तथा आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जीसीले बताए । उक्त केन्द्र निर्माणसँगै किसानहरू जैविक विषादीको प्रयोगमा आकर्षित हुँदै गएको उनको भनाइ छ ।

जैविक विषादी केन्द्रबाट एनपीभी भाइरस ७५० ईएल उत्पादन भएकोमा ६२० ईएल कृषकले प्रयोग गरेका छन् । त्यसैगरी ट्राइक्रोडर्मा एक हजार पाँच सय केजी उत्पादन भएकोमा एक हजार ३७ केजी बिक्री भएको छ भने निमाटोल ७५० लिटर उत्पादन भएकोमा ४०० लिटर बिक्री भएको सयपत्री सामुदायिक स्रोत केन्द्रका प्राविधिक रितकुमार सापकोटाले जानकारी दिए । ‘

पाचँ वर्षअघि स्थापना भएको जैविक विषादी केन्द्र रासायनिक विषादी प्रयोगलाई विस्थापित गर्ने दरिलो माध्यम बन्दै गएको उनको भनाइ छ । जैविक विषादीको प्रयोगबाट बालीनाली सप्रने, उन्नत उत्पादन हुने र लगानी पनि कम पर्ने कारण यो क्षेत्रका किसान जैविक विषादी प्रयोगमा आकर्षित हुँदै गएका छन् ।


रासायनिक विषादीले असर गर्ने भएपछि किसान जैविक विषादी प्रयोगतर्फ आकर्षित भएका हुन् ।

मानवीय जीवनमा रासायनिक विषादीले असर गर्ने भएपछि किसानले आफै रासायनिक विषादीलाई हटाउँदै जैविक विषादी प्रयोग गर्न थालेको किसानको भनाइ छ । जैविक विषादी केन्द्रबाट उत्पादित विषादी एक हजारभन्दा बढी किसान र २० वटा फार्ममा समेत नियमित प्रयोग गरिँदै आएको सापकोटाले बताए ।

केन्द्रका अनुसार ट्राइक्रोडर्मा र एनपीभी नामक विषादीको आठदेखि १० रुपैयाँसम्म पर्ने गरेको छ । रासायनिक मलको भन्दा निकै कम मूल्य रहनु, जैविक विषदी हालिएका तरकारी तथा बालीको बजारीकरणमा समस्या नहुनु र स्वास्थ्यलाई समेत निकै लाभ पुग्ने भएपछि कृषक जैविक विषादीप्रति आकर्षित भएका छन् । जैविक विषादीले कीरालाई सहजै मार्ने र बिरुवालाई आवश्यक तत्वव प्रदान गर्ने नेमाटोड, ट्राइक्रोडर्मा, एनपीभी, मेटाजियमलगायत विषादी उत्पादन र वितरण गरिने गरेको केन्द्रले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.