पत्रकार महासंघ अध्यक्षका दावेदार उजिर मगर कारवाहीमा
काठमाडौं : माओवादी केन्द्र निकट पत्रकारको संगठन प्रेस सेन्टर नेपालले पत्रकार महासंघको २५ औं महाधिवेशनमा अध्यक्ष लागि उम्मेदवारी दिएका उजीर मगरलाई करवाही गरेको छ । संगठनको निर्णय विपरित पत्रकार महासंघको अध्यक्षमा उम्मेदवारी दिएको भन्दै मगरमाथि प्रेस सेन्टरको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको प्रेस सेन्टरले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संगठनले पटक–पटक आग्रह गर्दा समेत उम्मेदवारी फिर्ता लिन नमानेको र विभिन्न समयमा संगठनलाई क्षति पु¥याउने काम गरेको आरोप मगरमाथि लगाइएको छ ।
पत्रकार महासंघको २४ औं महाधिवेशनमा प्रेस सेन्टर नेपाल (तत्कालीन क्रान्तिकारी पत्रकार संघ) बाट उम्मेद्वार भई महासचिवमा निर्वाचित भएका मगरले महासचिवको पदमा रहेर निरन्तर संगठनलाई घात गर्ने काम गरेको जनाइएको छ । पत्रकार महासंघ काठमाडौंमा प्रेस सेन्टरका उम्मेदवारलाई हराउन भूमिका खेलेको, पत्रकार महासंघका केन्द्रीय सदस्यले समाचारको वार्गेनिङ गरी घुुस मागेको घटनामा गलत भूमिका निर्वाह गरेको जस्ता काम संगठनको हित विपरित रहेको सेन्टरले जनाएको छ ।
कांग्रेस निकट प्रेस युनियनसहितको समर्थनमा प्रेस सेन्टरकै तर्फबाट गोविन्द आचार्य एमाले निकट प्रेस चौतारीको समर्थनमा तीर्थ कोइराला पत्रकार महासंघ अध्यक्षका उम्मेदवार बने्का छन् ।