खोलाले बगाउँदा वडा सदस्यको मृत्यु
डडेल्धुरा: डडेल्धुराको भित्री मधेसमा पर्ने पुन्तुरा खोलाले बगाउँदा वडा सदस्यको मृत्यु भएको छ।
जोगबुडा बजारबाट घर जाने क्रममा आइतबार राति साढे ८ बजे तिर पुन्तुरा खोला तर्ने क्रममा परशुराम नगरपालिका वडा नं ६ सरकुडाका घर भएका ४५ वर्षीय वडा सदस्य नर बहादुर धामीलाई खोलाले बगाएको थियो। धामीको शव सोमबार बिहान बगेको स्थानबाट करिब १ किलोमिटर तल फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।
धामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नम्बर ६ को वडा सदस्यमा निर्वाचित भएका थिए।