डा. स्वामी प्रपन्नाचार्यको स्मृति ग्रन्थ

डा. स्वामी प्रपन्नाचार्यको स्मृति ग्रन्थ

काठमाडौं : हरिप्रसाद सोडारीले सम्पादन एवं प्रकाशन गरेको ‘डा. स्वामी प्रपन्नाचार्य स्मृति ग्रन्थ' राष्ट्रकवि माधव घिमिरेले विमोचन गरेका छन् । प्रकाण्ड विद्वान् डा. स्वामीको जति प्रशंसा गरे पनि कम हुने राष्ट्रकविले बताए । संस्कृतिविद् सत्यमोहन जोशीले ३३ वर्षसम्म क, ख पनि नचिनेका काले राईले भारतमा पुगेर काशी विश्वविद्यालयबाट संस्कृत भाषामै ‘वेदमा के छ ? ' मा विद्यावारिधि गरेको प्रसँग सुनाए । ‘जसरी आदिकवि भानुभक्त आचार्यले रामायणलाई नेपाली भाषामा ल्याए त्यसै गरी डा. स्वामीले वेदको गुदी कुरो नेपाली भाषामा ल्याए', उनले भने ।

पूर्वकुलपति वैरागी काइँलाले ज्ञानको अथाह सागर भएका प्रपन्नाचार्यले ज्ञानलाई ध्यानमा जोडेको बताए । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले समाज र राष्ट्रका लागि केही गर्छु भन्नेले जस्तै स्वामीले पनि अनेक दुःख, कष्ट र पीडा भोगेकाले अहिले समाज र राष्ट्रमा स्वामीको आवश्यकता बोध भएको बताए ।

प्रकाशक सोडारीले दुई हजार चार सय ५० पृष्ठ हुनेगरी लेखहरू संकलन भएकोमा एक हजार आठ सयमा झार्न खोज्दा पनि प्रकाशन गर्न कठिन भएकाले एक हजार २४ पृष्ठको मात्र कृति प्रकाशन गरेको जानकारी दिए । उनले भने, ‘स्वामीसँग १६ वर्ष उहाँको पहेलो झोला बोकेर हिँडेकाले गुन तिरेको हुँ, एक सय २४ संस्थामा सल्लाहकार र संरक्षक रहेका स्वामीको ग्रन्थ प्रकाशन गर्न कसैले सहयोग गर्दैन भने अरूको हालत के होला ? ' दुई हजार पाँच सय मूल्यको कृतिको बिक्रीबाट उठेको रकमबाट स्वामीकै अन्य पाण्डुलिपिलाई दिने उनको भनाइ छ ।

डा. स्वामीको दोस्रो वार्षिकीका अवसरमा आयोजित कार्यक्रममा वासुदेव प्रपन्नलाई उत्तराधिकारी घोषणा गरियो । सोलुखुम्बुको नेचा गाविसका उनीले स्वामीसँग १४ वर्ष संगत र सत्संग गरेका थिए । भारतको बनारसबाट उत्तरमध्यमा गरेका ४३ वर्षीय बासुदेवलाई डा.स्वामीले आफू विलय भएपछि उत्तराधिकारी बनाउनु भनेकाले घोषणा गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.