फरार अभियुक्त पक्राउ
विराटनगरः प्रहरीले विराटनगरबाट दुई जना फरार अभियुक्तलाई पक्राउ गरेर सोमबार अदालत बुझाएको छ।
इलाका प्रहरी कार्यालय रानीको टोलीले लेनदेन मुद्धामा छ महिना कैद सजाय सुनाइएका साविकको बुधनगर १ र हालको विराटनगर १८ का ४५ वर्षीय माजो कामतलाई पक्राउ गरेको छ।
प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार कामतलाई अदालतले गत साउन २० गते कैद सजायको फैसाल गरेको थियो। फैसलापछि फरार रहेका उनलाई आफ्नो घर नजिकैबाट पक्राउ गरिएको निरौलाले बताए।
त्यस्तै डाँका मुद्धामा अदालतले पक्राउका लागि वारेन्ट जारी गरेपछि फरार बनेका विराटनगर १७ का ५० वर्षीय रवफूल मियाँलाई पनि प्रहरीले पक्राउ गरेको छ। २०७३ साल फागुन १४ गते मियाँलाई पक्राउका लागि अदालतले वारेन्ट जारी गरेको प्रनि निरौलाले बताए।