प्राथमिक तहका शिक्षकले माविमा पढाउँदै

प्राथमिक तहका शिक्षकले माविमा पढाउँदै

महोत्तरी: गौशाला नगरपालिका-६ फुलकाहास्थित श्रीमावि भेडियाहीमा प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन्।

विसं २०६६ मा सो विद्यालयले माविस्तरसम्म अध्यापन गर्नका लागि अनुमति पाए पनि त्यहाँ मावि दरबन्दीका शिक्षक भने छैनन्। विस्तरका तीन स्थायी शिक्षक, दुईजना राहत, एकजना निजी शिक्षकका भरमा अहिले उक्त विद्यालय सञ्चालनमा छ।

शिक्षकको पदपूर्ति हुन नसक्दा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी मारमा परेका छन्। शिक्षक अभावका कारण कक्षा ९ र १० का विद्यार्थीलाई एउटै कक्षामा राखेर एकैपटक शिक्षण गराइने गरेको सो विद्यालयका शिक्षक राजकिशोर यादवले जानकारी दिए। बहुशिक्षण कक्षा चलाएका कारण पठनपाठन प्रभावित बनेको उनको भनाइ छ।

शिक्षकको अभावबारे बारम्बार जिल्ला शिक्षा कार्यालयलाई लिखित रुपमै गराउँदै आएको र अहिलेसम्म आश्वासन मात्र पाएको सो विद्यालयका प्रधानाध्यापक रामएकवाल यादवले बताए। शिक्षक अभावका कारण त्यहाँ भर्ना भएका विद्यार्थी गौशाला र सुन्दरपुरका विद्यालय पढ्न जाने गरेका स्थानीयवासी रामबाबु यादवले बताए। विसं २०१४ मा सो विद्यालय स्थापना भएको हो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.